आजबाट बागमती गोल्डकपको पाँचौ संस्करण सुरु

बाइलाइन नेपाल
२६ पुष २०७९, मंगलवार १२:३८

पूर्वी मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ८ जनता उच्च माविको खेलमैदानमा आजबाट पाँचौ संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिता शुरु हुँदैछ ।

प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । आज दिउसो हुने उद्घाटन खेलमा आयोजक बागमती खेलकुद विकास समिति र ए डिभिजन लिगका जावलाखेल यूथ क्लव बीच हुने भएको छ ।

१० टिम सहभागी प्रतियोगिता ७ वटा ए डिभिजन क्लव, एउटा विदेशी र दुईवटा मोफसलको क्लव रहेको छ । प्रतियोगिता माघ ३ गतेसम्म सञ्चालन हुने छ ।

प्रतियोगितामा आयोजक र जावलाखेलसहित मकवानपुर–११, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब, मछिन्द्र क्लब, हिमालयन शेर्पा क्लब, चर्च ब्वाइज क्लब, अमेरिकी टिम भुट्निज यूथ स्पोर्ट्सको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेता हुने टिमले नगद ८ लाख र उपविजेताले नगद ४ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५१ हजार रुपैयाँ, विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही १०÷१० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

हरेक खेलको म्यान अफ द म्याचले नगद ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा करिब ७१ लाख खर्च हुने आयोजकको अनुमान छ । प्रतियोगिताका लागि बागमती गाउँपालिकाले ३५ लाख रुपैयाँ बजेट छुट्याएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*