हेटौंडामा जिल्ला स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने

बाइलाइन नेपाल
२६ पुष २०७९, मंगलवार १२:३५

हेटौंडा / हेटौंडामा जिल्ला स्तरीय शिक्षक भलिवल प्रतियोगिता हुने भएको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमी मकवानपुरको आयोजना तथा हेटौंडा उपमहानगरपालिका वडा नं.४ ले प्रायोजन गरेको प्रतियोगिता पुस २९ गतेदेखि ३० गतेसम्म हुन लागेको हो ।

एकेडेमीले मंगलबार पत्रकार सम्मेलन आयोजना गरी जिल्लाभित्रका करिव दुई दर्जन बढी विद्यालयले प्रतियोगितामा सहभागिता जनाउने जनाएको छ । हेटौंडाको हुप्रचौरमा हुने प्रतियोगिताको विजेताले २५ हजार, उपविजेताले १५ हजार, सेमिफाइनल पुग्ने दुई टोलीले नगद ५/५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीले नगद ३ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगितामा उत्कृष्ट सेटर र स्पाइकरलाई नगद २ हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने अनुशासित टिमलाई बल र नेट प्रदान गरिने जनाएको छ ।

प्रतियोगितामा कुल १ लाख ९२ हजार खर्च हुने आयोजकको अनुमान छ । पत्रकार सम्मेलनमा मदन भण्डारी स्पोर्टस् एकेडेमीका केन्द्रीय सदस्य तथा वडा नम्बर ४ का अध्यक्ष नवीन सिग्देल, खेलकुद विकास समिति मकवानपुरका निवर्तमान अध्यक्ष अध्यक्ष सानु लामा, खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष भेष खड्गी, मदन भण्डारी स्पोर्टस् एकेडेमीका जिल्ला अध्यक्ष प्रकाश सुवेदी, एकेडेमीका खेल संयोजक राजाराम पोखरेल लगायतको उपस्थित रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*