बागमती गाऊँपालिकामा ३० जनालाई जग्गाधनी पुर्जा बितरण

बाइलाइन नेपाल
२६ पुष २०७९, मंगलवार १२:१८

हेटौंडा ,मकवानपुरको बागमती गाऊँपालिकामा ३० जना भुमिहिन सुकुम्बासीलाई जग्गाधनी पुर्जा बितरण गरिएको छ । गाऊँपालिकाको अनुसार गाऊँपालिकाले ५ हजार पुर्जा बितरणको तयारी अन्तिम चरणमा पु¥याएको भएपनी दोस्रो चरणमा ३० जनालाईमात्र पुर्जा बितरण गरेको हो ।

बागमती गाऊँपालिकाले चार नम्बर वडाको २८ जना र ५ नम्बर वडाको २ जना भुमिहिन सुकुम्बासीलाई जग्गाधनीपुर्जा बितरण गरेको जनाएको छ ।

वाग्मती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानले जग्गाधनीपुर्जा बितरण गर्दै जनयुद्धकालमा जनताले माग गरेका र देखेको सपना भएको बताउनुभयो । जनताले आफुले खनिखोस्री गरेको जग्गापनि आफ्नो भन्न नपाएकोमा दुःख लाग्ने गरेको उहाँको भनाई छ । यो समस्या बागमती गाऊँपालिकाको मात्र नभएर अरु पालिकाको पनि भएकोले तालुक अड्डाहरुले यथासिघ्र काम गर्न समेत उहाँले सुझाउनुभयो ।

वाग्मती प्रदेशका सांसद प्रेम बहादुर पुलामीले मकवानपुरको बागमतीदेखी मनहरीसम्मको समस्या नै जग्गाधनी पुर्जाको रहेको बताउदै अब भने उक्त समस्या समाधान हुँदै जाने बताउनुभयो । स्थानिय सरकार देखी संघसम्मको सहकार्यको परिणामले पुर्जा बितरण सहज भएको उहाँको भनाई छ । जनताले चुनावमा गरेको मागको पुरा गर्नको लागि अहारात्र खटिएको भन्दै उहाँले स्थानिय सरकारलाई धन्यबाद समेत दिनुभयो ।

कार्यक्रममा गाऊँपालिकाका अध्यक्ष सर्केश घलानले पालिकामा १० हजार दलित, भुमिहिन सुकुम्बासी र अब्यबस्थित बसोबास रहेको बताउदै करिब ५ हजारको भने लगत संकलन गरी अन्तिमचरणको काम भैरहेको जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*