मगर बौध सेवा समाजको आयोजनमा तालिम सुरु

बाइलाइन नेपाल
२६ पुष २०७९, मंगलवार १२:१४

हेटौंडा/नेपाल मगर बौध सेवा समाज मकवानपुरको छैठौं वार्षिक भेला तथा वापा/मापा तालिम उद्घाटन कार्यक्रम कार्यक्रम आज हेटौंडामा भएको छ ।

हेटौंडा १२ स्थित लखन बाटिकामा सुरु भएको तालिम पुस २१ गतेसम्म सञ्चालन हुनेछ । २० जना बढि प्रशिक्षार्थी सहभागि तालिमको प्रशिक्षक धनिराम राना मगर र कृष्ण बहादुर काउछा मगरले सहजिकरण गरिरहनुभएको छ । मगर समुदायको आफ्नै पुरोहित उत्पादन गर्ने उदेश्यले तालिम आयोजना गरिएको समाजका सचिव राजु दर्लामी मगरले बताए ।

तालिम उद्घाटन तथा भेला समाजका अध्यक्ष ज्ञान बहादुर कालिकोटे मगरको सभाध्यक्षता एवं हेटौंडा उपमहानगरपालिकाका मेयर मिना लामाको प्रमुख आतिथ्यतामा भएको थियो । भेलामा नेपाल मगर संघ मकवानपुरका पूर्व अध्यक्षहरुको तर्फबाट टक्कर थापा मगर, केन्द्रीय सल्लाहकार बेली दर्लामी मगर, जिल्ला उपाध्यक्ष उर्मिला राना मगर, पूर्व केन्द्रीय सदस्य तथा लखन बाटिकाका अध्यक्ष विश्व आले मगर लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

भेला अघि समाजको समन्वयमा हेटौंडा बजारमा भिक्षाटण कार्यक्रम भएको थियो । हेटौंडाको चौकीटोलदेखि सीमाचोकसम्म भएको भिक्षाटणमा पाँच जना मगर भिक्षु उपस्थित थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*