वडा अध्यक्ष रायमाझीको पहलमा बेवारिसे महिलाको उद्दार

राजकुमार केसी
१९ पुष २०७९, मंगलवार २०:४०

थाहा नगर /थाहा नगरपालिका वडा नम्बर ३ का अध्यक्ष हिरेन्द्रकुमार रायमाझीको पहलमा एक बेवारिसे महिलालाई उद्दार गरि मानबसेवा आश्रम हेटौंडामा बुझाइएको छ ।

बिगत ४ बर्ष देखि वडा नम्बर ३ को कार्यालय नजिक पाटीमा बसी कष्टकर जीवन यापन गर्दै आएकी एक महिलाको उद्दार गरि मानबसेवा आश्रम हेटौंडामा आज मंगलबार बुझाइएको अध्यक्ष रायमाझीले बताउनुभयो ।

अन्दाजी ६० बर्षिय महिलाको नाम, थर, परिवारजन केहि थाहा नभएको र कहाँबाट आएको भन्ने पनि थाहा नभएकोले इलाका प्रहरी कार्यालय पालुङको सहयोगमा आश्रममा बुझाईएको हो ।

अध्यक्ष रायमाझीले उद्दार कार्यमा सहयोग गर्ने मानब सेवा आश्रम हेटौंडाका प्रकाश पौडेल, इलाका प्रहरी कार्यालय पालुङ, वडा सदस्य कबिता बिष्ट लगायतलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*