सभामुखको निर्वाचन पुस २८ गते र उपसभामुखको २९ गते

बाइलाइन नेपाल
१९ पुष २०७९, मंगलवार १३:४८

वाग्मती प्रदेशसभाको सभामुख र उपसभामुखको निर्वाचनको मिति तय भएको छ । सोमबार बिहान ११ बजे प्रदेशसभा सचिवालयमा बसेको सर्वदलीय बैठकले सभामुख र उपसभामुख निर्वाचन मिति तय गरेको हो । सर्वदलीय सहमति अनुसार सभामुखको निर्वाचन पुस २८ गते र उपसभामुखको २९ गते निर्वाचन गर्न दलहरु सहमत भएका हुन् ।निर्वाचनको लागि पुस २७ गते सभामुख र उपसभामुखको मनोनयन दर्ता तय भएको छ ।

सभामुख र उपसभामुखको निर्वाचनको प्रस्ताव प्रदेशसभा बैठकमा पेस गरेर अन्तिम रुप दिइन्छ । सभामुख र उपसभामुखको निर्वाचनपछि प्रदेश प्रमुखले सदनमा सम्बोधन गर्ने कार्यक्रम राख्ने गरी सर्वदलीय बैठकमा सहमति भएको हो । आज दिउँसो १ बजेका लागि प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो बैठक बस्दैछ । बैठक बस्नुअघि बसेको सर्वदलीय बैठकले प्रदेशसभाको कार्यसूची समेत तय गरेको छ ।

प्रदेशसभाको बैठकमा मन्त्रिपरिषद्‌बाट जारी भएका ५ वटा अध्यादेशहरू पेस गर्ने कार्यसूची रहेको छ । संसद नचलेको अवस्थामा भदौ १ गते जारी गरेको स्थानीय सेवा ९गठन तथा सञ्चालन० अध्यादेश–२०७९, प्रदेश निजामती सेवा अध्यादेश,–२०७९, असोज १२ गते जारी गरेको प्रदेश स्वास्थ्य सेवा ९पहिलो संशोधन० अध्यादेश–२०७९, असोज ३० गते जारी गरेको प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालन सम्बन्धी अध्यादेश– २०७९, प्रदेश कृषि विकास अध्यादेश–२०७९ पेश गर्ने कार्यसूची रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*