स्थानीय तह सहिद स्मृति फुटबल प्रतियोगिता फागुनमा

बाइलाइन नेपाल
१९ पुष २०७९, मंगलवार १३:४६

हेटौंडा । पाँचौ स्थानीय तह सहिद स्मृति गोल्डकप फुटबल प्रतियोगिता आउँदो फागुन महिनामा हेटौंडामा हुने भएको छ । फागुन महिनाको दोस्रो सातामा हेटौंडामा फुटवल प्रतियोगिता गर्ने तयरी थालिएको हो । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा आज जिल्ला खेलकुद विकास समितिमा पत्रकार सम्मेलन गर्दै आउँदो फागुन महिनामा फुटबल प्रतियोगिता गनए लागिएको जानकारी गराइएको हो ।

यसअघि सम्पन्न फुटबल प्रतियोगितामा एक करोड ३१ लाख ५६ हजार रुपैयाँ आमदानी गरेको प्रतियोगितामा चौथो संस्करणमा जम्मा खर्च भने एक करोड ९ लाख ७६ हजार रुपैयाँ गरेको फुटबल प्रतियोगिताका संयोजक प्रताप विष्ठले जानकारी दिनुभयो । चौथो स्थानीय तह सहिद स्मृति गोल्डकप फुटबल प्रतियोगिताबाट २१ लाख ३६ हजार रुपैयाँ बचत भएको छ । प्रतियोगिता आयोजनाका लागि मकवानपुरका स्थानीय तहहरुले मात्रै झण्डै ६० लाख रुपैयाँ, बागमती प्रदेश खेलकुद विकास परिषद्बाट ४१ लाख ९१ हजार रुपैयाँ सहयोग प्राप्त भएको थियो ।

प्रतियोगिताका लागि हेटौंडा उपमहानगरपालिकाले २४ लाख १६ हजार रुपैयाँ, ८ वटा गाउँपालिकाहरुबाट ३३ लाख ७० हजार रुपैयाँ सहयोग प्राप्त भएको थियो । प्रतियोगिताको उत्कृष्ट खेलाडीका लागि ६ लाख ९८ हजार रुपैयाँ मूल्यको बुलेट मोटरसाइकल हेटौंडा स्कूल अफ म्यानेजमेन्टले प्रायोजन गरेको थियो । हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा आयोजना गरिएको प्रतियोगितामा टिकटबाट मात्रै २२ लाख रुपैयाँ आम्दानी भएको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*