व्यवस्था जोगाउन र समृद्धि ल्याउन गठबन्धनलाई जिताउनुस्ः मोक्तान

बाइलाइन नेपाल
२६ कार्तिक २०७९, शनिबार १३:०९

थाहा /नेकपा माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य एवं मकवानपुर क्षेत्र नम्बर २ ‘क’ की प्रदेश सभा सदस्य उम्मेद्वार कुमारी मोक्तानले जनतामा सत्ताको अनुभुति दिलाई प्रदेश सरकार छ भन्ने आभास दिलाउनको लागि गठबन्धनलाई जिताउन अनुरोध गर्नुभएको छ ।

शनिबार थाहा ३ र ४ मा भएको घरदैलो कार्यक्रममा प्रदेश सरकारले गाउँगाउँसम्म बजेट लगेर विकास गरेकाले जनताले गठबन्धनका उम्मेद्वारलाई जिताउने बताउनुभएको छ ।

घरदैलो कार्यक्रममा मतदाताको चाहना र गुनासो सुन्दै मोक्तानले जन चाहना अनुसार कार्य गर्ने बताउनुभयो । घरदैलो कार्यक्रममा गठबन्धनका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*