वादविवाद प्रतियोगितामा श्रीकृष्ण, नवोदय र जिएस उत्कृष्ट

बाइलाइन नेपाल
२६ कार्तिक २०७९, शनिबार ०८:२१

हेटौंडा । निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) हेटौंडा उपमहानगरपालिका कमिटीको आयोजनामा भएको वादविवाद प्रतियोगिता सम्पन्न भएको छ । प्याब्सन नगर कमिटीको आयोजनामा हेटौंडा–१३, स्थित सनराईज बोर्डिङ स्कुलमा “शस्त्र विद्या भन्दा शास्त्र विद्या ठूूलो” शिर्षकमा वादविवाद प्रतियोगिता सम्पन्न भएको हो ।

विद्यार्थीको अन्तर्निहित सिर्जनशीलतालाई प्रस्फुटन गर्ने उद्देश्यका प्याब्सनले हरेक वर्ष प्रतियोगिता आयोजना गर्दै आएको छ । प्रतियोगितामा हेटौंडा–९, स्थित श्रीकृष्ण बोडिङ स्कुलकी श्रेया पराजुली उत्कृष्ट भएकी छिन् । प्रतियोगितामा पराजुली उत्कृष्ट तीनमा पर्न सफल भएकी हुन् ।

प्रतिस्पर्धामा नगर भित्रका विभिन्न १६ विद्यालयका २६ जना विद्यार्थीले भाग लिएका थिए । प्रतिस्पर्धीमध्येबाट पराजुलीसंगै, जिएस निकेतनका आदर्श पौडेल र नवोदयका दर्शना सापकोटा उत्कृष्ट तीनमा पर्न सफल भएका हुन् ।

यस्तै प्रतियोगितामा जेम्स बोर्डिङ स्कुलका रिभिजन हुमागाई र सनराईज बोर्डिङ स्कुलका विजय तामाङले सान्त्वना स्थान प्रप्त गरेका छन् । ‘शस्त्र विद्या भन्दा शास्त्र विद्या ठुलो’ हुन्छ भन्ने विषयको पक्ष एवम् विपक्षमा प्रतियोगी विद्यार्थीहरूले आआफ्ना तर्क प्रस्तुत गरेका थिए ।

प्याब्सन नगर कमिटीका अध्यक्ष रामकुमार श्रेष्ठको सभाध्यक्षता एवम् सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेश निखिलको प्रमुख आतिथ्यतामा प्रतियोगिता भएको हो । प्रतियोगिताको निर्णायकमा साहित्य संगम मकवानपुरका अध्यक्ष अनिता न्यौपाने र सचिव डी बी बर्तौला रहेका थिए । प्रतियोगितामा उत्कृष्ट विद्यार्थीहरूलाई कार्यक्रमका प्रमुख अतिथि निखिलले ट्रफी तथा प्रमाणपत्र प्रदान गरेका थिए

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*