गठबन्धनले थाहामा घरदैलो कार्यक्रम गर्ने

बाइलाइन नेपाल
२३ कार्तिक २०७९, बुधबार १७:२२

थाहा / मंसिर ४ गते हुने प्रतिनिधि सभा प्रदेश सभा निर्वाचनको लागि बाम लोकतान्त्रिक गठबन्धन अन्तरगत थाहा नगरपालिका वडा नं. ३ र ४ को संयुक्त बैठक बसेको छ । बैठकले वडामा निर्वाचन प्रचारप्रसार, मतदाता शिक्षा सहित घरदैलो कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।

बुधबार शंकर होटलमा भएको संयुक्त बैठकले बाम लोकतान्त्रिक गठबन्धनका उम्मेद्वारहरुलाई जिताउन र मत बदर हुन नदिन प्रचारप्रसार, मतदाता शिक्षा सहित घरदैलो कार्यक्रम गर्न लागिएको नेकपा माओवादी केन्द्र थाहा नगर ४ नं. वडा कमिटिका अध्यक्ष जमिन दियालीले बताउनुभयो ।

गठबन्धन दलका पदाधिकारी सहितको टोल स्तरीय कमिटि बनाई ३ र ४ नंं. वडमा प्रचारप्रसार अभियान सञ्चालन गरिने बाम लोकतान्त्रिक गठबन्धन थाहा नगर सचिव लक्ष्मण बिष्टले बताउनुभयो ।

बैठकमा बाम लोकतान्त्रिक गठबन्धन थाहा नगर स्तरीय कमिटि र वडा कमिटिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*