हार्ने भएपछि एमालेले रक्सी खुवाएर मान्छे खटायोः विरोध खतिवडा

बाइलाइन नेपाल
२२ कार्तिक २०७९, मंगलवार २०:२९

मकवानपुर । मकवानपुर २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार बिरोध खतिवडाले गठबन्धनका उम्मेदवारले निर्वाचन जित्ने निश्चित देखेपछि अत्ताल्लिएका एमालेजनले चुनावी सभामा जाँड खुवाएर मान्छे पठाएको आरोप लगाएका छन् ।

मनहरीमा आयोजित चुनावी सभामा सम्बोधन गर्दै खतिवडाले एमालेहरुले आफ्नो मुख देखाउन नसकेर जाँड खुवाएर मान्छे पठाएको दाबी गरे ।

‘हिम्मत भए आमनेसामने आऊ, राजाका बिरुद्ध, केपीका बिरुद्ध लड्ने ज्यान यहि हो’, उनले भने ‘राजा पछार्ने, केपी पछार्ने मान्छेलाई यस्ता सानातिना खत्राकखुत्रुक कुराहरुले फरक पर्दैन । ’

खटाइएका र जाँड खाएर सभा बिथोल्न आएका मान्छे आफै पछारिएको भन्दै उनले यस्ता कुराले केही फरक नपर्ने बताए । केपीको ज्यादती र उदण्डताका बिरुद्ध सधँै लड्न तयार रहेको उनले बताए ।

मनहरी ४ मा मंगलबार खतिवडामाथि हातपात भएको भन्दै समाचार प्रकाशित भएको थियो । मनहरीका गठबन्धन दलले भने खतिवडामाथि हातपात भएको समाचारमा कुनै सत्यता नभएको जनाएका छन । मदिरा सेवन गरि आएका ब्यक्ति खतिवडाको नजिकै पुग्दा आफै लडेको बताउँदै उनको उद्धार गरि प्रहरीको जिम्मा लगाइएको दलहरुको दाबी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*