लोकतन्त्र रक्षाको लागि गठबन्धनका उम्मेद्वालाई बिजयी गराऔं : खतिवडा

बाइलाइन नेपाल
२० कार्तिक २०७९, आईतवार १७:०४

गठबन्धनमा आवद्ध मकवानपुर–काठमाडौं सम्पर्क समिति स्तरीय निर्वाचन केन्द्रीत भेला काठमाण्डौमा आयोजना गरिएको छ । भेलालाई सम्वोधन गर्दै नेकपा (एकीकृत समाजवादी)का स्थायी समिति सदस्य तथा मकवानपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार बिरोध खतिवडाले केपी शर्मा ओलीले राजतन्त्र पुर्नस्थापित गर्ने एजेन्डा बोकेका राजेन्द्र लिङ्देन र कमल थापाहरुसंगको साँठगाठले मुलुकलाई पश्चगामी दिशातर्फ धकेल्न खोजेको आरोप लगाउनुभयो ।

खतिवडाले मुलुकमा प्राप्त उपलव्धी लोकतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशिताको रक्षाको लागि गठबन्धनका उम्मेद्वालाई मतदान गरी बिजयी गराउन आग्रह गर्नुभयो । आफ्नो पहलमा मकवानपुर क्षेत्र नं. २ मा गरिएको विकासको फेहरिस्त प्रस्तुत गर्दै नेता खतिवडाले संयुक्त राष्ट्र संघले नै गाँजालाई लागुऔषधको सूचिबाट हटाएर औषधीजन्य मान्यता दिइसकेकोमा अब त्यसो वैध खेती र कानुन संशोधनको लागि आफुले पहल गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले गाँजा प्रकरणमा जेल परेका करिव १० हजार नेपालीको विनाशर्त रिहाइको लागि अब आफुले पहल गर्ने बचन दिनुभयो ।

कार्यक्रममा नेकपा (माओबादी केन्द्र)की पोलिटब्युरो सदस्य, मकवानपुर ईञ्चाज तथा प्रदेश सभा मकवानपुर २ (क) उम्मेद्वार कुमारी मोक्तानले गठवन्धन आवश्यकताको जगमा बनेकाले यसको मर्म अनुरुप सबै उमेद्वारलाई जिताउन आग्रह गर्नुभयो । उहाँले मंसिर ४ गतेको निर्वाचन सम्पन्न नहुँदासम्म उत्पन्न हुने सबै परिस्थितिको सामना गरेर अघि बढ्न कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । प्रदेशमा गठवन्धको सरकार बनेपछि बजेट जनताको पक्षमा पठाउन पाईएको बताउनुभयो । उहा“ले आगामी दिनमा आवश्यक्ताको आधारमा बजेट बिनियोजन गरिने बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस निर्वाचन परिचानल समिति मकवानपुर २ का केन्द्रीय प्रतिनिधि जयराम लामिछाने, नेकपा माओवादी केन्द्रका केन्द्रीय सम्पर्क समन्वय समितिका सदस्य श्रीकृष्ण अधिकारी, विनोद मर्हजन, उद्धव सापकोटा लगायतले मनतब्य ब्यक्त गर्नुभएको थियो ।

सुकेधारा स्थित नवदुर्गा पार्र्टी भेन्युमा भएको कार्यक्रममा गठवन्धनमा आवद्ध ३ दलको जिल्ला स्तरीय सम्पर्क समितिको संयुक्त आयोजनामा भएको हो ।

कार्यक्रममा माओवादी केन्द्र वागमती प्रदेश सदस्य लवशेर विष्ट, भुवनप्रकाश विष्ट, एकिकृत समाजवादी केन्द्रीय सम्पर्क समन्वय समिति सदस्य नवराज वस्ती लगायतको सहभागिता थियो ।

नेपाली काँग्रेस सम्पर्क समितिका अध्यक्ष पुरुषोत्तम ठकुरीको अध्यक्षतामा भएको भेलामा नेकपा एकिकृत समाजवादीका आशिष बलले स्वागत मन्तव्य दिनुभएको थियो । काँग्रेस सम्पर्क समितिका सचिव केशव मैनालीले सञ्चालन गर्नुभएको कार्यक्रममा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टीसंग सम्बद्ध सम्पर्क समितिका पदाधिकारीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*