चुनाव सकिएपछि सर्वसाधारणले लालपूर्जा पाउँछन्ः डिना

बाइलाइन नेपाल
१८ कार्तिक २०७९, शुक्रबार ०७:००

हेटौंडा । नेपाली कांग्रेसकी सहमामन्त्री तथा मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ की उम्मेदवार महालक्ष्मी उपाध्याय (डिना) ले निर्वाचन सम्पन्न भएको भोलिपल्टदेखि लालपुर्जा वितरणको काम थालिने बताउनुभयो ।

बिहिबार बागमती गाउँपालिका वडा नम्बर १ माझगाउँमा आयोजित बाम लोकतान्त्रिक गठबन्धनको चुनाब प्रचारप्रसार कार्यालयको उद्धघाटन गर्दै उपाध्यायले यस क्षेत्रमा लालपुर्जाको समस्या रहेको बताउँदै पूर्जा वितरणलाई व्यापकता बनाइने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यस क्षेत्रको मूख्य समस्या भनेको लालपूर्जाको समस्या रहेछ, भूमि आयोगले जग्गा नापी गर्ने काम गरिरहेको छ, चुनाब सकिएको भोलिपल्टदेखि नापी नभएका जग्गाहरुको नापी हुन्छ, नापी भइसकेको जग्गाको लालपूर्जा वितरण गरिनेछ ।’

यसअघि जितेर गएका उम्मेदवार फर्केर नआएको गुनासोप्रति इंगित गर्दै उम्मेदवार उपाध्यायले आफु जनताकै काम गर्न आएको र यहि जनताकै माझमा बसेर काम गर्ने दाबी गर्नुभयो । उहाँले भन्नुभयो–‘म मेरो ठाउँलाई यस्तो बनाउन चाहन्छु, भोलि म मरेर गएपनि मेरो सन्तानले गर्ब गरोस् भन्ने म चाहन्छु । ’

उम्मेदवार उपाध्यायले पालिकामा झोलुङ्गे पुल निमार्णमा गराएरै छाड्ने दाबी गर्नुभयो । राइगाउँ–तालढुंगा –क्यानटिङ सडक राष्ट्रिय गौरबको आयोजनाको डिपिआर भैसकेको बताउँदै उहाँले त्यसलाई पूर्णता दिन प्रदेशको बजेट प्रयाप्त नहुने र संघिय बजेट ल्याउने जिम्मेवारी आफ्नो भएको समेत बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*