संविधानको रक्षा र विकासका लागि गठबन्धनले जित्नु आवश्यकः मोक्तान

बाइलाइन नेपाल
१८ कार्तिक २०७९, शुक्रबार ०६:५७

हेटौंडा । मकवानपुर क्षेत्र नम्बर २ (क) की प्रदेश सभा उम्मेदवार कुमारी मोक्तानले बाम लोकतान्त्रिक गठबन्धनले चुनाव जिते जनताले चाहे अनुसारकै विकास हुने बताउनुभएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका ६ मा आयोजित अगुवा कार्यकर्ता भेलामा बोल्दै उहाँले संविधानको रक्षा र जनमैत्री विकासका लागि बाम लोकतान्त्रिक गठबन्धनलाई जिताउँनुपर्ने बताउँनुभयो ।

उहाँले भन्नुभयो, ‘लोकतान्त्रिक बाम गठबन्धनले जिते भीमफेदी गाउँपालिकासहित देशैभर जनताको चाहना अनुसार विकास हुनेछ ।’ आफुलाई माओवादीले मात्र नभई बाम लोकतान्त्रिक गठबन्धनले नै उम्मेदवार बनाएको भन्दै नेकपा माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य एवं मकवानपुर ईन्चार्ज समेत रहनु भएकी मोक्तानले देश विकासको लागि आफुहरुले भुमिका खेल्ने बताउनुभयो ।

नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य मुनु सिग्देलको विशेष आतिथ्य रहेको कार्यक्रममा नेकपा माओवादी केन्द्रका बागमती प्रदेश सदस्य लवशेर विष्ट, नेपाली काँग्रेस मकवानपुरका पूर्व क्षेत्रीय सभापती यतिराज सापकोटा, क्षेत्रीय उपसभापती रन्जन दाहाल, भीमफेदी सल्लाहकार नारायण थापा, माओवादी केन्द्रका भीमफेदी ६ का वडा अध्यक्ष गोपाल घलान लगायतको आतिथ्य रहेको थियो । यसैबिच, भीमफेदी गाउँपालिका ५ मा बाम लोकतान्त्रिक गठबन्धन साझा सम्पर्क कार्यालय उद्घाटन र चियापान कार्यक्रम पनि सम्पन्न भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*