यताउता धाउन नपर्नेगरी विकासको मोडल तय गर्छुः मोक्तान

बाइलाइन नेपाल
१७ कार्तिक २०७९, बिहीबार ०८:०९

हेटौंडा । नेकपा (माओवादी केन्द्र) की पोलिटब्युरो सदस्य, मकवानपुर ईञ्चार्ज तथा प्रदेश सभा मकवानपुर २ (क) उम्मेद्वार कुमारी मोक्तानले जनताले विकास निर्माणको लागि भन्दै यताउता धाउन नपर्नेगरी विकासको मोडल तय गर्ने बताउनुभएको छ ।

मकवानपुरको भीमफेदी गाऊँपालिका वडा नम्बर ३मा मतदातासंगको भेटघाटका क्रममा मोक्तानले जनताले अपेक्षा गरेको बिकासलाई पुरा गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।

बागमती प्रदेशको सामाजिक विकास मन्त्री समेत रहनुभएको मोक्तानले यस क्षेत्रमा खानेपानी र पुल निर्माण सम्पन्न हुने बताउदै जनताले खाना, नाना, छाना, स्वास्थ्य, शिक्षा र रोजगारसंगै विकास निर्माणको लागि समेत आफु लागिपर्ने जनाउनुभयो ।

उहाँले भन्नुभयो,ूहिजोको संघर्ष ब्यबस्था बदल्न र प्राप्त उपलब्धीलाई संस्थागत गर्नको लागि थियो अब भने अबस्था सुधारेर समृद्ध समाज निर्माण गर्नुपर्ने छ । तसर्थ गठबन्धनका उम्मेद्वारहरुलाई बिजयी गराउन मतदान गर्नुहोस् ।ू

भेटघाटकै क्रममा भीमफेदी ३ का मतदाताहरुले आफ्नो खानेपानीको समस्या रहेको बताएका छन् । हालसम्म खानेपानी बिस्तारको लागि उम्मेदवार मोक्तानले सांसद बिकासकोषबाट उपलब्ध गराउनुभएको १० लाखले डिपिआर तयार भएको बताउदै स्थानियले अब खानेपानी आयोजना सम्पन्न गरिदिनको लागि मोक्तानलाई आग्रह गरेका छन् ।

भीमफेदी ३ का राजकुमार घलानले डिपिआर तयारसम्मको कार्यको लागि धन्यवाद दिंदै आयोजना सम्पन्न गरिदिनको लागि अनुरोध गर्नुभयो । यसको साथै आफ्नो क्षेत्रको थप विकासको लागि लाग्न समेत उहाँले आग्रह गर्नुभयो ।

त्यस्तै भीमफेदी ३ पान्द्राङका मतदाताले मोक्तानले पुल निर्माणको लागि उपलब्ध गराएको ६४ लाखको लागि धन्यबाद ब्यक्त गर्दै बाँकी निर्माण सम्पन्न गर्न समेत माग गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*