बाम लोकतान्त्रिक गठबन्धनलाई जिताउन थाहामा सचिवालय

बाइलाइन नेपाल
१५ कार्तिक २०७९, मंगलवार १८:१२

हेटौंडा /बाम लोकतान्त्रिक गठबन्धनको थाहा नगर स्तरीय सचिवालय स्थापना भएको छ । मंगलबार नेकपा माओबादी केन्द्र थाहा नगर पार्टी कार्यलयमा भएको बैठकले नेपाली कांग्रेस थाहा नगर सभापति प्रमोद कृष्ण जोशीको संयोजकत्वमा २५ सदस्यीय थाहा नगरस्तरीय सचिवालय गठन गरेको हो ।

सचिवालयको सह–संयोजकमा राष्ट्रिय जनमोर्चाका थाहा नगर अध्यक्ष दिनेश बिष्ट, नेकपा माओबादी केन्द्रका थाहा नगर उपाध्यक्ष प्रमोद गोपाली, नेकपा एकीकृत समाजबादीका नगर सहसचिव अभिशेक बल र सचिवमा नेकपा माओबादी केन्द्रका थाहा नगर सचिव लक्ष्मण बिष्ट रहेका छन् ।

बैठकले मंसिर ४ गते हुने प्रतिनिधि सभा, प्रदेश सभा निर्वाचनमा गठबन्धनका उम्मेद्वारलाई बिजयी गराउन आवश्यक निर्वाचन परिचालन र प्रचारप्रसारलाई सहज बनाउन सचिवालय गठन गरिएको संयोजक प्रमोद कृष्ण जोशीले बताउनुभयो ।

सचिवालयका सचिव लक्ष्मण बिष्टले थाहा नगरको शिखरकोटमा सचिवालयको कार्यलय स्थापना गरी निर्वाचनका गतिबिधि अगाडि बढाउने बताउनुभयो । उहाँले यही कात्तिक १६ गते थाहा नगरको १२ वटै वडामा समेत बाम लोकतान्त्रिक गठबन्धनको वडा स्तरीय सचिवालय गठन गर्ने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*