विकासका लागि गठबन्धनलाई मतदान : कुमारी मोक्तान

बाइलाइन नेपाल
१५ कार्तिक २०७९, मंगलवार १७:२३

हेटौंडा /नेकपा (माओबादी केन्द्र)की पोलिटब्युरो सदस्य, मकवानपुर ईञ्चार्ज तथा प्रदेश सभा मकवानपुर २ (क) उम्मेदवार कुमारी मोक्तानले देशको समग्र बिकासको लागि मंसिर ४ मा हुने निर्वाचनमा गठबन्धनका उम्मेद्वारहरुलाई मतदान गर्न आग्रह गर्नुभएको छ ।

मकवानपुरको भीमफेदी गाउँपालिका १, किसेडीमा आयोजित कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले आफ्नो कार्यकालमा उक्त क्षेत्रमा पक्की पुल निर्माण गरेको भन्दै अबको कार्यकालमा सडक, स्वास्थ्य, शिक्षा क्षेत्रमा सुधार गर्दै जनताको विचमा बसेर काम गरिरहने बताउनुभयो ।

बागमती प्रदेशको सामाजिक विकास मन्त्री समेत रहनुभएको मोक्तानले आगामी कार्यकालमा यस क्षेत्रमा सडकको स्तरोन्नति र खानेपानी ब्यवस्थापन लगायत बिकास निर्माणमा केन्द्रित रहने बताउनुभयो ।

कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)का स्थायी समिति सदस्य तथा मकवानपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार बिरोध खतिवडाले संबिधानको रक्षा गरी यस क्षेत्रको बिकासका लागि गठवन्धनका उम्मेद्वारलाई जिताउन आग्रह गर्नुभयो । उहाँले समग्र मकवानपुरको बिकासका लागि आफु मन्त्री हुँदा केही कार्यको सुरुवात गरेको र आगामी कार्यकालमा थप योजना बनाई बिकास निर्माणमा सहभागी हुने बताउनुभयो ।

नेपाली काँग्रेसका रमेशकुमार थिङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस भीमफेदीका सल्लाहकार नारायण थापा, नेकपा माओवादी केन्द्रका नेता बद्री स्याङ्तान, नेकपा एकीकृत समाजवादी मकवानपुरका सचिवालय सदस्य माधव तिमल्सिना लगायतले मन्तब्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*