राष्ट्रिय हितको रक्षाको साझा अभियानमा हामी छौं–एकालाल श्रेष्ठ

बाइलाइन नेपाल
१५ कार्तिक २०७९, मंगलवार १७:२०

हेटौंडा । मकवानपुर क्षेत्र नम्बर १ (ख) का नेकपा एमालेका उम्मेद्बार एकालाल श्रेष्ठले देश निर्माणको अभियानमा एमाले मात्र लागेको बताउनुभएको छ। मङ्गलबार नेकपा एमाले निकट अखिल नेपाल महिला सङ्घको भेलामा बोल्दै नेकपा एमालेले अहिले लोकतन्त्रको संरक्षण तथा स्वाधीनता र राष्ट्रियहितको रक्षाको साझा अभियानमा हिडेको बताउनुभयो ।

उम्मेद्बार श्रेष्ठले सङ्घीयतालाई व्यवहारमा लागू गर्ने, भ्रष्टाचार अन्त्य गर्ने, सुशासन र जनतालाई राहत दिने जिम्मा पनि एमालेको भएको बताउनुभयो ।

मुलुकको विकासका लागि एमालेले थालेका कामहरूको निरन्तरता दिन पनि एमालेले जित्न आवश्यक रहेकोमा उम्मेद्बार श्रेष्ठको जोड थियो । देश चलाउने र बनाउने विषय भएकाले राष्ट्रिवादी सरकार निर्माण महत्त्वपूर्ण भएको उहाँको भनाई थियो । मङ्सिर ४ को निर्वाचनमा राष्ट्रियता, देशभक्ति र देश निर्माण गर्ने पार्टी नेकपा एमालेलाई मतदान गर्न श्रेष्ठको आग्रह थियो ।

अघिल्लो निर्वाचनमा यश क्षेत्रबाट निर्वाचित प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले गरेका बिकास निर्माणका कामको संरक्षण र सुरुगरेका कामलाई आफुले पुर्णता दिने समेत उहाँको भनाई थियो ।

कार्यक्रममा मकवानपुर क्षेत्र नम्बर–१ का उम्मेदवार कमल थापा, एमालेका केन्द्रीय सदस्यहरु रामेश्वर राना, जुनेली श्रेष्ठ, एमालेका बागमती प्रदेशका नेताहरु रघुनाथ खुलाल, पद्मा पौडेल, अनेमासंघका पार्वती राना, सुमित्रा काफ्ले लगायतकाको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*