जनताको समस्या समाधान र विकास गठबन्धनले मात्र गर्छः डिना

यादव चौलागाई
१५ कार्तिक २०७९, मंगलवार ०७:२८

रामधुनी । जनताको समस्याको समाधान र विकास निर्माणको काम गठबन्धन सरकारले मिलेर हल गर्ने नेपाली कांग्रेसका सहमहामन्त्री तथा प्रतिनिधिसभा तर्फ मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवार महालक्ष्मी डिना उपाध्यायले बताउनु भएको छ ।

आसन्न मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको हेटौंडा १८ मा कार्यकर्ता भेटघाट तथा प्रचार प्रसार कार्यालय उदघाटन गर्दै नेपाली कांग्रेस सहमहामन्त्री डिनाले जनताको समस्याको समाधान र विकास निर्माणको कार्य गठबन्धन सरकारले मिलेर हल गर्ने बताउनु भएको हो। उहाँले वृहत शान्ति सम्झौता पक्षधरको गठबन्धन बनेको बताउँदै केपि ओलिको विचलनको कारण रास्ट्र र संविधान जोगाउन गठबनधन लागि जिताउन आग्रह गर्नु भयो ।

त्यस्तै कार्यक्रममा काँग्रेस वागमती प्रदेशका सभापति तथा प्रतिनिधि सभा क्षेत्र नम्बर २ को प्रदेश ख का उम्मेद्वार र्इन्द्रबहादुर बानियाँले जनभावना अनुरूप काम गर्न आएको बताउनु भयो । नक्कली कम्युुनिष्ट नाममा केपि ओलीले देश र संविधानको अस्तित्व नै समाप्त गर्न खोजेको भन्दै उहाँले जबजब देशमा संकट आउँछ तब काङ्ग्रेस र इमान्दार कम्युनिस्ट मिलेर ब्यबस्था परिवर्तन गरेको धारणा राख्दै केपि ओलिको अंहकार, संबिधान विरोधी कदमलले गठबन्धन गरिएको बताउनुुभयो । उहाँले सत्य, न्याय,विकास जनताको जीवनस्तर उकास्न गठबन्धन जिताउन जरुरी छ भन्दै मागी खानी होइन गरेर खानी व्यवस्था ल्याउन गठबन्धन लाई जिताउन आग्रह गर्नु भयो ।

कार्यक्रममा माओवादीका बागमती प्रदेश उपाध्यक्ष तथा प्रदेश सभा क उम्मेदवार प्रेमबहादुर पुलामी छिन्तुले लिलामी बोलकबोल गरेर सूर्य लिएर कमल थापा मकवानपुरमा आएको बताउँदै जनआन्दोलको दोषी लाई परास्त गरी गठबन्धनको निश्कलंक उम्मेदवारलाई भोट हाल्न जरुरी रहेको बताउनुभयो । त्यस्तै एकीकृत समाजवादीका नेता तथा बकैया ईन्चार्ज नारायण तिमल्सिनाले सम्बोधन गर्नु हुँदै यहाको विकास निर्माण र सुख दुःखमा साथ सदैव दिने गठबन्धन जिताउन मतदातालाई भन्नुभयो।

हेटौंडा उपमहानगरपालिका १८ स्थित रामधुनी मा भएको कार्यक्रम नेपाली काङ्ग्रेस १८ नम्बर वडा सभापति राजेन्द्र बानियाँको सभापतित्वमा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*