हामी प्रतिवद्ध छौ, गठवन्धनको जित सुुनिश्चितः काँगेस

बाइलाइन नेपाल
१४ कार्तिक २०७९, सोमबार १९:५९

थाहा । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका प्रत्यक्ष उम्मेद्वारहरु र नेपाली कांग्रेस थाहा नगर कमिटी पदाधिकारी, वडा सभापति र स्थानीय निर्वाचनका उम्मेद्वारहरु बीच अन्तरक्रिया कार्यक्रम भएको छ ।

नेपाली कांग्रेस थाहा नगर कमिटीको आयोजनामा भएको कार्यक्रममा कांग्रेस थाहा नगरका वडा सभापतिहरुले कांग्रेसलाई बिश्वास गर्नुहुन आग्रह गरेका थिए । उहाँहरुले गठबन्धनका उम्मेद्वारहरुलाई मतदान गर्न आफुहरु प्रतिबद्ध भएको बताउनुभयो ।

नेपाली कांग्रेस थाहा नगर सभापति प्रमोद कृष्ण जोशीले गठबन्धनका सन्दर्भमा नेपाली कांग्रेसलाई शंका नगर्न अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो, “बाम लोकतान्त्रिक गठबन्धनमा नेपाली कांग्रेस संवेदनशील छ ।”

कार्यक्रममा नगर उपसभापति नवराज कार्की, वडा नम्बर १ का सभापति रुपचन गोपाली, २ का गोकर्ण बरुवाल, ४ का श्रीकृष्ण के।सी, ५ का सन्त बहादुर गुरुङ ६ का कालिचरण अधिकारी, ७ का शिबराज थिङ, १० का कुलचन्द्र अर्याल, ११ का चिन कुमार गोले १२ का उर्बान तामाङ लगागतको उपस्थिति रहेको थियो ।

नेपाली कांग्रेस थाहा नगर सभापति प्रमोद कृष्ण जोशीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा (एकीकृत समाजवादी ) का स्थायी समिति सदस्य तथा मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार बिरोध खतिवडा र नेकपा (माओबादी केन्द्र) की पोलिटब्युरो सदस्य, मकवानपुर ईञ्चाज तथा प्रदेश सभा मकवानपुर २ (क) उम्मेद्वार कुमारी मोक्तानले संबिधानको रक्षा र देशको बिकासका लागि गठबन्धन भएको र गठवन्धन प्रति ईमान्दार भएर मतदान गर्न अनुरोध गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*