संविधानको रक्षा र देशको विकासकालागि गठवन्धनः दिनेश विष्ट

बाइलाइन नेपाल
१४ कार्तिक २०७९, सोमबार १९:४७

थाहा । राष्ट्रिय जनमोर्चाका मकवानपुर जिल्ला सचिव तथा थाहा नगर अध्यक्ष दिनेश विष्टले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ संयुक्त बामलोकतान्त्रिक गठबन्धनका उम्मेद्वारहरुलाई मतदान गर्न आफ्ना दलका कार्यकर्ताहरुलाई अनुरोध गर्नुभएको छ ।

उहाँले संबिधानको रक्षा र देशको बिकासकालागि बामलोकतान्त्रिक गठबन्धनका उम्मेद्वारलाई विजयी गराउनुपर्ने बताउनुभयो । बिष्टले भन्नुभयो, “राष्ट्रिय जनमोर्चाले संघियताको बिरोध गरेतापनि हाल देशमा भएको परिवर्तनलाई जोगाउन र संबिधानको रक्षा गर्न बाम लोकतान्त्रिक गठबन्धन सहभागी भएको हो ।”

नेकपा एमालेले राजतन्त्रको वकालत गर्ने लिङ्देन नेतृत्वको राप्रपा, परिवर्तनको आन्दोलन विरोधी कमल थापालगायतका दलहरुसंगको सहकार्यले देशलाई पछाडि धकेल्ने भएकोले आजसम्म भएको परिवर्तनलाई जोगाउन र देशको संस्थागत विकासको लागि गठबन्धनका उम्मेद्वारलाई बिजयी गराउन अनुरोध गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*