अवस्था परिवर्तनको लागि गठबन्धनले जित्नु आवश्यकः कुमारी मोक्तान

बाइलाइन नेपाल
१३ कार्तिक २०७९, आईतवार १८:३२

थाहा । नेकपा (माओवादी केन्द्र) की पोलिटव्यूूरो सदस्य, मकवानपुर ईञ्चार्ज तथा प्रदेश सभा मकवानपुर २ (क) उम्मेदवार मोक्तानले आफुले जनहित विपरित कुनै काम नगर्ने बताउनुभयो । उहाँले जनभावना अनुसार संस्थागत रुपमा योजना बनाई विकासका योजना ल्याउने बताउनुभयो ।

आईतबार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) थाहा नगर कमिटीको बिस्तारित बैठकमा मोक्तानले लामो संघर्षका कारण ब्यवस्था परिवर्तन भएको र अब अवस्था परिवर्तनको लागि गठबन्धनका उम्मेद्वारहरुलाई मतदान गर्न अनुरोध गर्नुभयो ।

प्रदेश सभा मकवानपुर २ (क उम्मेद्वार समेत रहेकी मोक्तानले यस क्षेत्रको विकासको लागि आफु तत्पर भएको बताउनुभयो । यस क्षेत्रको बिकासको लागि गुरुयोजना बनाएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

मोक्तानले राजनीतिक हिसाबले स्वाभिमानी र एजेन्डाको हिसाबले सहि ब्यक्तित्व गठबन्धनका उम्मेद्वार भएकोले इमान्दार भएर मतदान गरि विजयी गराउन कार्यकर्ताहरुलाई अनुरोध गर्नुभयो ।

संविधान रक्षाको लागि भएको क्रान्तिमा अवस्थामा उभिने एकीकृत समाजवादी पार्टीका उम्मेद्वार बिरोध खतिवडालाई प्रतिनिधि सभामा र प्रदेश सभा सदस्य निर्वाचनमा माओबादी केन्द्रका उम्मेद्वार आफुलाई मतदान गर्न मोक्तानले अनुरोध गर्नुभयो ।

बैठकको अन्तिममा नेकपा (एकीकृत समाजवादी) का स्थायी समिति सदस्य तथा मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेद्वार बिरोध खतिवडाले आफुले प्रचारको लागि भन्दा पनि साँचो बिकासको लागि प्रतिबद्ध भएको बताउनुभयो । उहाँले अहिलेको सरकार संबिधान अनुसार बनेकोले भ्रमको पछि नलाग्न आममतदातालाई अनुरोध गर्नुभयो ।

नेकपा माओबादी केन्द्र थाहा नगर अध्यक्ष बिनोद कुमार लामाको अध्यक्षतामा भएको बिस्तारित बैठकमा, माओबादी केन्द्रको केन्द्रिय सदस्य प्रल्हाद लामिछाने, प्रदेश कमिटि सचिवालय सदस्य बिष्णु बिष्ट, प्रदेश कमिटी सदस्य ज्योति रायमाझी, लवशेर विष्ट, इन्द्रबहादुर श्रेष्ठ, जिल्ला समन्वय समिति संयोजक शर्केस घलान लगायतको आतिथ्यता रहेको थियो ।

नेकपा माओबादी केन्द्र थाहा नगर सचिव लक्ष्मण विष्ट सञ्चालन गर्नुभएको बैठकमा जनबर्गिय संगठनका केन्द्रीय, प्रदेश, जिल्ला कमिटीका पदाधिकारीहरु, नगर कमिटी सदस्यहरु, वडा कमिटी पदाधिकारी, पार्टी सदस्यहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*