पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष कौशल पाण्डेको निधन

बाइलाइन नेपाल
१० कार्तिक २०७९, बिहीबार २०:२६

हेटौडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष तथा  वरिष्ठ पत्रकार कौशल पाण्डेको हेटौंडा उपमहानगरपालिका– ४ कमलडाँडास्थित निवासमा बिहीबार निधन भएको छ ।

लामो समयदेखि क्यान्सर रोगसँग लड्दै आएका पाण्डेको ७५ वर्षमा आज अपरान्ह ५ बजेर ४५ मिनेटमा निधन भएको पारिवारीक स्रोतले जनाएको छ ।

मकवानपुरे पत्रकारिताको संस्थापक मध्येका एक पाण्डेको निधनले मकवानपुरे पत्रकारिता क्षेत्रमा अपुरणीय क्षती पुुगेको छ । शिक्षण पेशामा लामो समय योगदान दिएका पाण्डे क्रान्तिकारी पत्रकार संघ मकवानपुरका संस्थापक अध्यक्ष, प्रेस सेन्टर नेपालका केन्द्रीय सल्लाहाकार, श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठान मकवानपुरको अध्यक्ष हुनुुहुुन्थ्यो ।

उहाँ लिभर सिरोसिको कारण केही महिनाअघि शल्यक्रिया गरिएको थियो । परिवारका सदस्यका अनुसार तर, पछिल्लो केही सातादेखि स्वास्थ्यअवस्था जटिल बनेको थियो ।

मकवानपुरको पत्रकारिता विकासमा पाण्डेको विशेष योगदान रहेको थियो । उहाँले सधैँ शासनबाट उत्पीडनमा पारिएकाहरूको पक्षमा कमल चलाउँदै आउनु भएको थियो । हेटौंडाको आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयमा लामो समय अध्यापन गर्नु भएका पाण्डे त्यहाँबाट अवकास पाएपछि पूर्ण रूपमा पत्रकारितामा सक्रिय हुनुहुन्थ्यो ।

उहाँको प्रकाशन सम्पादनमा मकवानपुरको पुरानो मध्येको एक ‘प्रयास अर्धसाप्ताहिक’ प्रकाशन हुँदै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*