प्रतिगमन विरुद्धको गठबन्धनले मकवानपुरमा सबै सिट जित्छ : खतिवडा

बाइलाइन नेपाल
७ कार्तिक २०७९, सोमबार ०७:११

थाहानगर/नेकपा (एकीकृत समाजवादी)का स्थायी समिति सदस्य तथा मकवानपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार बिरोध खतिवडाले मंसिर ४ गते हुने निर्वाचनमा मकवानपुरका २ प्रतिनिधि सभा र ४ ओटै प्रदेश सभामा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेद्वारहरु बिजयी हुने बताउनुभएको छ ।

खतिवडाले एमाले सरकारमा हुँदा जनताको पक्षमा कुनै काम हुन नसकेको भन्दै त्योबेला भ्रष्टाचार र बेथितिको चाँङ बनेको बताउनुभयो ।

कार्यक्रमका बिशिष्ठ अतिथि नेकपा (माओबादी केन्द्र)की पोलिटब्युरो सदस्य, मकवानपुर ईञ्चार्ज तथा मकवानपुर २ (क) बाट प्रदेशसभा सदस्य उम्मेद्वार कुमारी मोक्तानले गठबन्धनको भावनालाई आत्मसात गरी परिवर्तन पक्षधर उम्मेद्वारहरुलाई विजयी गराउन सबैमा आग्रह गर्नुभयो । मोक्तानले ठुलो त्याग र बलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्न र मुलुकको समग्र बिकासको लागि गठबन्धनका उम्मेवारलाई मतदान गर्न अनुरोध गर्नुभयो ।

कार्यक्रमका अर्का बिशिष्ठ अतिथि नेपाली कांग्रेस बागमती प्रदेश सभापति तथा मकवानपुर क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सदस्य उम्मेद्वार ईन्द्रबहादुर बानियाँले संविधान, गणतन्त्र, धर्मनिरपेक्षताको रक्षा र ब्यवस्था बचाउनको लागि अहिलेको गठबन्धन बनेको बताउनुभयो। उहाँले केपी ओलीको अराजकता, उदण्डता, भ्रष्टाचारसंगै राजतन्त्रको पुनःस्थापन रोक्न आगामी निर्वाचन निर्णायक हुने बताउनुभयो । बानियाँले १९ दिने जनआन्दोलन दबाउने, परिवर्तन विरोधी कमल थापा र देश टुक्र्याउँछु भन्ने सिके राउतसँग मिलेमतो गरेर चुनावमा होमिएकाले एमालेले झनै जनताको विश्वास गुमाएको बताउनुभयो ।

नेकपा माओवादी केन्द्र थाहा नगर अध्यक्ष विनोद कुमार लामाको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामनारायण विडारी, नेपाल समाजवादी पार्टीका पोलिटब्युरो सदस्य सोनाम सिं स्याङतान, कांग्रेस महासमिति सदस्यद्वय जयराम लामिछाने र उमा दाहाल, कांग्रेस मकवानपुर सभापति बुद्ध लामा, नेपाली कांग्रेस थाहा नगर सभापति प्रमोदकृष्ण जोशी, राष्ट्रिय जनमोर्चाका सचिव दिनेश विष्ट लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

भेला पछि बसेको गठबन्धनको बैठकले नेपाली काङ्ग्रेसका थाहा नगर सभापति प्रमोद कृष्ण जोशीको संयोजकत्वमा १ हजार ३ सय ३३ सदस्यीय थाहा नगर निर्वाचन परिचालन कमिटि गठन गरेको छ ।

थाहा नगरको जेसीज हलमा भएको कार्यक्रममा नेकपा माओबादीकेन्द्रका केन्द्रिय सदस्य प्रल्हाद लामिछाने, बागमती प्रदेश सचिवालय सदस्य बिष्णु बिष्ट, नेकपा एकिकृत समाजबादीका बागमती प्रदेश सदस्य गौत्तम बुद्ध लामा, मकवानपुर अध्यक्ष सुर्यचन्द्र न्यौपाने, सचिब बिष्णु दाहाल, थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*