बाईसीएल मकवानपुरले एक बुथ एकाउन्न युथ खटाउने

बाइलाइन नेपाल
६ कार्तिक २०७९, आईतवार ०७:२५

हेटौंडा । योङ कम्युनिष्ट लिग नेपाल (बाईसीएल) मकवानपुरको विस्तारित बैठकद्वारा लवराज ठकुरीको संयोजकत्वमा एकहजार सय एक सदस्यीय निर्वाचन परिचालन कमिटी गठन । ठकुरी बाईसीएल मकवानपुरका अध्यक्ष हुन् ।

परिचालन कमिटीका सदस्यमा ८ पालिका १ नगरपालिका १ उपमहानगरपालिकाका पूर्ण कमिटी सदस्यहरु र संघीय क्षेत्र र प्रदेश क्षेत्रका सदस्यहरु रहेका छन् । कात्र्तिक १५ गते दशवटै पालिकाको बैठक बस्ने र पालिकाका वडा स्तरिय निर्वाचन परिचालन, प्रचारप्रसार, र उमेदवार सुरक्षार्थ कमिटी निर्माण गर्ने निर्णय गरेको छ ।

संघीय निर्वाचन क्षेत्र र प्रादेशिक निर्वाचन क्षेत्रको जिम्मेवारी भने यस अघिको बैठकले तोके बमोजिम यथावत राखिएको अध्यक्ष ठकुरीले जानकारी दिए । निर्वाचन बथमा एक बुथ एकाउन्न युथको दरले बुथ सुरक्षाका लागि युवा परिचालन गरिने भएको छ ।

बाईसीएल मकवानपुरका अध्यक्ष ठकुरीको अध्यक्षतामा भएको बैठकको प्रमुख अतिथि प्रदेश कमिटी सदस्य भीम पाख्रिन रहेका थिए । बैठकमा बाईसीएल केन्द्रीय सचिव सुमन पाख्रिन, बाईसीएल केन्द्रीय सदस्य राजकुमार मोत्तान,जिल्ला समन्वय समिति सदस्य कमल अर्याल, बाईसीएल केन्द्रीय बिभाग सदस्य सुनिल बैलकोटी, सरोज पाख्रिन लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*