बामलोकतान्त्रिक गठबन्धनले दोब्बर बढी मतान्तरले चुनाव जित्छः विरोध खतिवडा

बाइलाइन नेपाल
५ कार्तिक २०७९, शनिबार १८:५९

मनहरी । मकवानपुर प्रतिनिधीसभा क्षेत्र नम्बर २ का गठबन्धनका उम्मेदवार विरोध खतिवडाले आफू दोब्बर मतले विजयी हुुने दाबी गर्नुुभएको छ ।
मकवानपुरको मनहरीमा लोकतान्त्रिक बाम गठबन्धनले आज शनिबार आयोजना गरेको चियापान कार्यक्रममा सम्बोधन गर्दै खतिवडाले राजा फर्काउने अभियानमा लागेका देखि देश टुुुक्राउने मिसनमा लागेका पार्टीसंग तालमेल गरेको एमालेको उम्मेद्वार भन्दा आफू गठबन्धनको दोब्बर मतले चुनाव जित्ने दाबी गर्नुुभएको हो ।

‘गठबन्धनमा रहेका हाम्रा दलहरुको मत र एमालेले गएको चुनावमा पाएको मत हेर्ने हो भन्ने अन्तर दोब्बर छ । ’ खतिवडाले भन्नुभयो, ‘चुनावमा एमालेले मसंग लड्न उठाएको उम्मेद्वारले ३० देखि ३५ हजारसम्म भोट ल्याउँछन् भने मैले ६४ हजार भोट ल्याई चुनाव जित्छु ।’ नेता खतिवडाले मकवानपुरमा गठबन्धनका ६ जना उम्मेवारको नै जित सुुनिश्चित रहेको ठोकुवा समेत गर्नुभयो । ‘अहिलेको लडाई अग्रगामी गठबन्धन र पश्चगामी गठबन्धनका बीचमा हो ।’ खतिवडाले भन्नुभयो,‘हामी अग्रगामी गठबन्धनमा रहेका प्रतिनिधीसभा र प्रदेशसभाको ६वटै सिट ढुक्कले जित्नेछौं ।’

पश्चगामी गठनबन्धनको नेतृत्व गरिरहेको एमालेले जित्यो भने संविधान तथा मुलुकले प्राप्त गरेको उपलब्धिमाथि खतरा हुने चेतावनी दिँदै उम्मेदवार खतिवडाले देशमा संघीयता, धर्मनिरपेक्षता, समावेशिताको रक्षाका लागि पनि काङ्ग्रेस, माओवादी केन्द्र,एकीकृत समाजवादी, जनमोर्चा, नेपाल समाजवादी पार्टीजस्ता लोकतान्त्रिक शक्तिबीत गठबन्धनको आवश्यकता बनेको प्रष्ट पार्नुभयो ।

केपी शर्मा ओलीमा नक्कली राष्ट्रवाद र आफूलाई सर्वेसर्वा भन्ने दम्भ पलाएकाले असली कम्युनिष्टहरुले उनीसंग विद्रोह गरी एकीकृत समाजवादी पार्टी स्थापना गर्नुपरेको खतिवडाले बताउँनुभयो । एमालेले चुनावमा एजेन्डा नभएपछि विभिन्न भ्रम छर्दै अहिले जनताका बीचमा गइरहेको दाबी गर्दै उहाँले झुुट र भ्रम नछर्न चेतावनी समेत दिनुभयो ।

यस्तै, प्रदेशसभा (क) का उम्मेदवार कुमारी मोक्तानले गठबन्धनबाट उठेका उम्मेदवारलाई फरक पार्टीको रुपमा नहेरी मत दिन मतदातासंग अपील गर्नुभयो । फरक चुनाव चिन्हमा मत किन दिने भन्दै भ्रम फैल्याउने कार्य भइरहेकाले देश र नागरिकको भविष्यका लागि भएको गठबन्धनमा आबद्घ उम्मेदवारलाई जिताउन फरक चिन्ह भएपनि निर्धक्कले भोट दिन उहाँले आग्रह गर्नुभयो ।

यस्तै, प्रदेशसभा (ख) का उम्मेदवार इन्द्रबहादुर बानियाले तत्कालीन ओली नेतृत्वको नेकपा सरकार जनताको विकास भन्दा आफ्ना लागि ध्यान दिन केन्द्रीत भएको बताउँदै गठबन्धनपछि विकासमा फड्को मार्ने काम भएको बताउनुभयो । अहिले गठबन्धनको प्रदेश सरकारले मकवानपुरमा विकासका लागि विभिन्न योजनाहरु अघि सारेको बानियाले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*