मकवानपुरमा अधूरा विकासको काम पूरा गर्छुः छिन्तु

बाइलाइन नेपाल
४ कार्तिक २०७९, शुक्रबार १८:५२

बकैया । मकवानपुरमा अधूरा विकासको काम पूरा गर्न आफ्नो उम्मेमदवारी रहेको बताउँदै पूर्व सांसद तथा मकवानपुर निर्वाचन क्षेत्र १ (क) का उम्मेदवार प्रेमबहादुर पुलामी (छिन्तुु) ले बताएका छन् ।

मकवानपुरको पूर्वी क्षेत्र बकैया गाउँपालिकाको कर्मचुलीमा वडा स्तरीय फुटबल प्रतियोगिताको उद्घाटन गर्दै उनले केपी ओली सरकारले सरकार संसद र र व्यवस्था नै गर्ल्यागुर्लुम ढालेर प्रतिगामी कदम चाल्ने भयले सरकार र गठबन्धन बनाउनु परेको बताए । आफ्नो बहुमतको सरकार ढालेर विकास र समृद्ध मुलुक बनाउने सपना ढालेपछि बार्दलीमा बसेर कुर्लनु परेको बताए ।

जनताको साथमा बसेर पूर्वी मकवानपुरको जनताको साथमा सदैव रहने उनको भनाई थियो । म हिजो आज र भोलि सदैव जनताको माझमा रहने र यो पटक जीत सुनिश्चित गर्दा मन्त्री भई समृद्ध आफ्नो क्षेत्र बनाउने उनले बताए । शिक्षा, स्वास्थ्य खेलकुदको लागि आफूले कर्मचुलीमा रंगशालाको लागी रकम छुट्याउने र अधुरो कर्मचुली जुइना सुधा हुँदै पक्की निजगढ सम्म पुग्ने बाटो निर्माण गर्ने समेत बताए ।

कार्यक्रममा बागमती गाँउपालिका अध्यक्ष शर्केस घलान (मधु) ले आफूले पालिकाको अनुभवले समेत विकास र संवृदी देखेको भन्दै छिमेकी पालिका हरु सहित माननीय पुलामी को निर्वाचनमा क्षेत्रमा खटने बताए । जसका लागि मत हालेर जिताउन समेत अनुरोध गरे ।

कार्यक्रममा बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले कृषि क्रान्ति बिना विकास अधुरो हुने बताउँदै त्यसका लागि आफू भरतपुर योजना र बजेट बनाउने बताउँदै शिक्षा खेलकुद मा कुनै कन्जुस्याँइ न विकास वजेट ल्याउने बताए । खेलकुद प्रतियोगितामा पालिका उपाध्यक्ष भक्ता खत्री, ५ न वडा अध्यक्ष लक्ष्मी जिम्बा, ४ नम्बर राजन दंगाल,६ नम्बर फुलबहादुर बम्जन,९ न टंक लोप्चन लगायत पालिकाको विषयगत समिति तथा कर्मचारी समेतको उपस्थिति थियो ।

वडा स्तरीय फुटबल प्रतियोगिता बकैया गाउँपालिकाको ५ वडा खेलकुद समन्वय समितिको आयोजनामा सुरु भएको हो । प्रतियोगितामा १० ओटा टिमको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद ५५ हजार ५ सय ५५ तथा उपविजेता ले ३३ हजार ५ सय ५५ रुपैया सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिता खेल संयोजक विनोद तामाङको सभाध्यक्षता भएको थियो । खेल १० गते सम्म चल्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*