कांग्रेस मकवानपुरद्वारा निर्वाचन परिचालन समिति गठन

बाइलाइन नेपाल
१ कार्तिक २०७९, मंगलवार ०९:०३

आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको लागि नेपाली कांग्रेस मकवानपुरले निर्वाचन परिचालन समिति गठन गरेको छ ।

कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाको संयोजकत्वमा ७०१ सदस्यीय जिल्ला निर्वाचन परिचालन समिति गठन गरिएको हो । जसको सदस्यहरुमा जिल्ला कार्यसमितिका पदाधिकारी, जिल्ला सदस्य र भातृ संगठनका प्रमुखहरु रहेका छन् ।

सोमबार भएको भेलाले पार्टी मकवानपुर पूर्व सभापति माइकल रामचन्द्र अर्यालको संयोजकत्वमा ११ सदस्यीय अनुगमन समिति गठन गरिएको छ ।

त्यस्तै, कांग्रेस मकवानपुरका सहसचिव निशान बजगाईंको संयोजकत्वमा ७ सदस्यीय आर्थिक समिति गठन गरिएको छ । पार्टी प्रवक्ता अर्जुनप्रसाद चौलागाईको संयोजकत्वमा १२५ सदस्यीय प्रचार प्रसार समितिसमेत गठन गरिएको छ । त्यसैगरी तरुण दल मकवानपुरका सचिव सचित थापाको संयोजकत्वमा युवा परिचालन समिति पनि गठन गरिएको छ ।

पार्टी सभापति बुद्ध लामाको अध्यक्षतामा भएको भेलामा नेपाली कांग्रेस सहमहामन्त्री एवम् मकवानपुर क्षेत्र नम्वर १ का उम्मेदवार महालक्ष्मी उपाध्याय डीना, पार्टी बागमती प्रदेश सभापति एवम् मकवानपुर क्षेत्र नम्बर २ (ख) का उम्मेद्वार ईन्द्रबहादुर बानियाँ, क्षेत्र नम्बर १ (ख) का उम्मेदवार आनन्दराम पराजुलीलगायतकाको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*