प्रदेश योजना आयोगद्वारा सरकारलाई कानूनी मस्यौदा हस्तान्तरण

बाइलाइन नेपाल
२८ आश्विन २०७९, शुक्रबार १६:५१

हेटौंडा । प्रदेश नीति तथा योजना आयोगले बागमती प्रदेश सरकारलाई ४ वटा कानूनी मस्यौदाहरू समाविष्ट गरिएको दस्तावेज हस्तान्तरण गरेको छ ।

शुक्रबार एक कार्यक्रमका बीच बागमती प्रदेशको मूख्यमन्त्री कार्यालयमा मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेलाई बागमती प्रदेश नीति तथा योजना आयोगको तर्फबाट आयोगका उपाध्यक्ष डा. कृष्ण राज पन्तले मस्यौदाहरु हस्तान्तरण गर्नुभएको हो ।

हस्तान्तरण गरिएका मस्यौदा दस्तावेजहरुमा प्रदेश नीति तथा योजना आयोग ऐन–२०७९, प्रदेश तथ्याङ्क व्यवस्थापन ऐन–२०७९, प्रदेश आयोजना बैँक दिग्दर्शन–२०७९, सङ्गठनात्मक संरचना र जनशक्ति प्रस्ताव रहेका छन् ।

कार्यक्रममा योजनावद्ध विकास मार्फत प्रदेशलाई समृद्ध बनाउनको निम्ति प्रदेश नीति तथा योजना आयोगको भूमिका महत्वपूर्ण हुने पक्षलाई मध्यनजर गर्दै बागमती प्रदेश नीति तथा योजना आयोगको तर्फबाट आयोगको संस्थागत सबलीकरण र कार्य सम्पादन सहजीकरणका निम्ति आवश्यक ऐनहरूको तर्जुमा तथा कार्यान्वयनको निम्ति व्यवस्था मिलाइदिनहुन उपाध्यक्ष डा. पन्तले मुख्यमन्त्री समक्ष अनुरोध समेत गर्नुभयो ।

उक्त मस्यौदाहरु यही २०७९ भाद्र ५ र ६ गते गण्डकी प्रदेशको नीति तथा योजना आयोगको आयोजनामा पोखरामा सम्पन्न सातै प्रदेशका योजना आयोगहरूको बैठकद्वारा पारित गरी तयार गरिएको थियो ।

मस्यौदा दस्तावेज हस्तान्तरण कार्यक्रममा बागमती प्रदेश सरकारका मन्त्रीहरू, प्रमुख सचिव, सचिव, आयोगका पदाधिकारी तथा कर्मचारीर पत्रकारहरुको उपस्थिति रहेको थियो ।

मस्यौदा दस्तावेजले बागमती प्रदेश सरकारको ऐन, कानून तर्जुमा र कार्यान्वयनको निम्ति प्रभावकारी पहलकदमी लिने मुख्यमन्त्री पाण्डेले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*