नवोदय शिशु सदनमा शुुभकामना आदानप्रदासँगै साँस्कृतिक कार्यक्रम

बाइलाइन नेपाल
१३ आश्विन २०७९, बिहीबार १४:५३

हेटौंडा । हेटौंडा, ४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयमा बडा दशैं, तिहार तथा छठ पर्वको पावन अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम बिहीबार भएको छ ।

कार्यक्रममा १३ जना विद्यार्थीले एक्एक अध्याय चण्डी पाठ गर्नुको साथै विजया दशमीमा गरिने विभिन्न क्रियाकलापहरुसमेत प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक दुर्गाप्रसाद भट्टराईले कुभिन्डोको बलि दिएका थिए ।

विद्यालयका नेपाली विषयका सुपरिवेक्षक सिएम रिमालले मुल पण्डितको भूमिका निर्वाह गरेका थिए । विद्यालयका प्रिन्सिपल सकुन्तला जोशीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष तथा हेटौंडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सिपल पुरनबहादुर जोशीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुले गायन, नृत्य प्रस्तुत गर्नुका साथै वातावरणसम्बन्धी नाटकसमेत प्रस्तुत गरेको थियो । विद्यालयका प्रिन्सिपल सकुन्तला जोशी र पुरनबहादुर जोशीले शिक्षक कर्मचारीलाई टीका लगाउँदै आशीर्वाद प्रदान गरेका थिए भने कक्षा शिक्षकले विद्यार्थीलाई टीका लगाएर आशीर्वाद र दक्षिणा प्रदान गरेका थिए ।

धार्मिक संस्कृतिको जगेर्ना गर्न र विद्यार्थीलाई चाडपर्वको बारेमा जानकारी गराउने उद्देश्यले विद्यालयले हरेक वर्ष कार्यक्रम गर्दै आइरहेको
छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*