जिल्लाकै पुरानो पुस्तकालयमा विष्टको नेतृत्व

बाइलाइन नेपाल
३० भाद्र २०७९, बिहीबार १७:३७

थाहा । थाहा नगरपालिकाको शिखरकोटमा रहेको जिल्लाकै पुरानो मध्येको एक पुस्तकालय नवजागृत पुस्तकालयले आफ्नो ५४ औ स्थापना दिवस तथा साधारणसभा सम्पन्न गरेको छ।

पुस्तकालयको भवनमा संस्थाका अध्यक्ष मधुसूदन रायमाझीको सभाध्यक्षमा सम्पन्न साधारणसभामा कोषाध्यक्ष राजेस केसिको आर्थिक प्रतिबेदन तथा अध्यक्षको प्रगति प्रतिवेदन पेस गरियको थियो। कोषाध्यक्ष केसीले नवजागृत पुस्तकालयको १२ लाख १८ हजारको आयब्यय प्रस्तुत गरेका थिए ।

पुस्तकालयका सचिव राजकुमार कार्कीले संचालन गरेको साधारणसभामा पालुङ्ग बहुमुखी क्याम्पसका प्रमुख राजन मिश्र ,पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका सचिब अरुण रायमाझी ,बजार व्यवस्थापन समिति शिखरकोटका अध्यक्ष मनोज रायमाझी , शिखर क्लबका सल्लाहकार यादव रायमाझी तथा युवा विनोद केसीले मन्तव्य ब्यक्त गरेका थिय ।

मन्तब्यका क्रममा वक्ताहरुले पुस्तकालय जिवित रहेको तर पाठकहरु हराइरहेकोमा चिन्ता ब्यक्त गर्दै प्लस टु तथा स्नातक अध्ययन गर्ने विद्यार्थी हरुलाइ पुस्तकालयमा समाबेश गर्न सके दुबै पक्षलाई फाइदा हुने बिचार ब्यक्त गर्दै नयाँ बन्ने समितिले बिस्तृत कार्ययोजना सहित अगाडि बढ्न सुझाव दिदै शुभकामना ब्यक्त गरे।

साधारणसभाले अनिल विष्टको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । सदस्यहरूमा जयन्ती रायमाझी ,छमकला बस्नेत,अनिता बिष्ट ,किशोर रायमाझी ,इसाक केसि,मनोज रायमाझी ,राजकुमार कार्की ,शम्भु अधिकारी,बिश्वनाथ रायमाझी ,र सुमन रायमाझी रहेका छन्।

नवनिर्वाचित कार्यसमितिलाइ निवर्तमान अध्यक्ष मधुसूदन रायमाझीले माइन्युट हस्तान्तरण गर्दै पुस्तकालयको जिम्मेवारी युवा पुस्ताको काँधमा थुपारियको बताउदै नयाँ समितिले थाहा नगरमा पठन सस्कृतिको बिकास गर्न कामगर्ने बिश्वास ब्यक्त गरे।नवनिर्वाचित अध्यक्ष सुमन बिष्टले केही दिनमै बैठक बसि बिधानतह पदाधिकारी हरुको टुङ्गो लगाउने बताउदै अग्रजले दियको जिम्मेवारी तदकरुकताका साथ पूरा गर्ने र पुस्तकालय लाई आधुनिक रुपमा ब्यबस्थापन गरिने बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*