५८ वर्षकी ताराकुमारीलाई ह्विल चियर प्रदान

बाइलाइन नेपाल
३० भाद्र २०७९, बिहीबार १६:३९

हेटौँडा । लायन्स क्लब अफ मकवानपुर हेल्प डेक्सले असहाय एक महिलालाई ह्विल चियर प्रदान गरेको छ ।

लायन्स हेल्प डेक्स मकवानपुरले आज हेटौडा उपमहानगरपालिका–१३ स्थित एक कार्यक्रम आयोजना गरेर असहाय ५८ वर्षिया ताराकुमारी लामालाई ह्विल चियर प्रदान गरेकोे हो ।

हेल्प डेक्सका अध्यक्ष धुव्रराज ढकालको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लब अफ मल्टिपल अन्तरास्ट्रिय संयोजक लायन रमेश अग्रवाल,डिस्ट्रीट गर्भनर अमरबहादुर श्रेष्ठ,प्रथम भाइस डिस्ट्रीट गर्भनर डिएन अग्रवाल लगायत लायन्स लिडरहरुको उपस्थिति थियो ।

५ वर्षदेखि थलिएर रहेकी लामालाई निजको घरमा पुगेर ह्विल चियर प्रदान गर्ने क्रममा भावविव्हल बन्न पुगेकी थिइन । हालसम्म कसैको यस्तो किसिमको सहयोग र माया नपाएको उनले गुनासो गरिन् ।

स्थानिय तथा लायन्स सरस्वती ब्लोनको संयोजकत्वमा भएको कार्यक्रमको सञ्चालन सचिव लायन हरिहर खतिवडा गरेका थिए । कार्यक्रम क्लबका पूर्व अध्यक्ष प्रविण मैनालीको सक्रियतामा गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*