मकवानपुर–२ मा विरोधलाई छोड्दैनौं, मै उम्मेदवार बन्छुः बिडारी

बाइलाइन नेपाल
१३ भाद्र २०७९, सोमबार ०६:४८

राष्ट्रियसभाका पूर्व सदस्य एवम नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामनारायण बिडारीले मकवानपुर–२ मा आफूहरुले दाबी नछाड्ने बताएका छन्।

आइतबार बसेको बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरुको बैठकमा पनि संघका दुई निर्वाचन क्षेत्रमध्य एउटा र प्रदेशका चारमध्य दुईटा क्षेत्र माओवादीले लिनै पर्ने रिपोर्टिङ जिल्ला इन्चार्जले गरेको उनले बताए।

‘मकावनपुरका दुईटै संघीय क्षेत्रमा माओवादी र कांग्रेस बलियो छ,’ उनको भनाइ छ, ‘त्यसमा मकवानपुर–२ माओवादीको बलियो छ ।’ मकवानपुर–२ अन्य दललाई छाड्न नसकिने उनको भनाइ छ।

यो नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडाको समेत क्षेत्र हो। बिडारीले माओवादीले पाउँदा आफ्नो पनि दाबी रहने बताए। ‘म यसपाली जसरी पनि उठ्नै पर्छ’ उनलेभ ने, ‘म २०४८ सालका चुनाव लडेको हो, त्यसपछि लडेको छैन।’

विरोध खतिवडा पाँच पटक निर्वाचन लडिसकेको भन्दै बिडारीले उनलाई अन्ततिर व्यवस्थापन गर्न सकिने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*