अबको निर्वाचनमा माओवादी पहिलो कम्युनिस्ट पार्टीः विडारी

बाइलाइन नेपाल
७ भाद्र २०७९, मंगलवार २१:३५

हेटौंडा । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामनारायण विडारीले देश माओवादीको एजेण्डामा चलेको बताएका छन् ।

नेकपा माओवादी केन्द्र ईन्द्रसरोवर गाउँपालिकाको बिस्तारित बैठकलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य विडारीले माओवादीको एजेण्डामा देश सञ्चालन भइरहेको उल्लेख गर्दे मंसिर ४ गते हुने निर्वाचनमा जनताले माओवादी केन्द्रलाई देशको पहिलो कम्युनिस्ट पार्टी बनाउने दावी गरे ।

देशमा माओवादीकै कारण परिवर्तन भएर माओवादीकै एजेण्डामा अहिलेको व्यवस्था आएको कुरा पार्टीका सबै तहले सर्वसाधारणलाई बुुझाउन उनले आग्रह गरे । सर्वसाधारणलाई माओवादीकै कारण देशमा परिवर्तन भएको कुरा बुुझाउन नसक्दा अरु पार्टीले फाइदा लिइरहेको केन्द्रीय सदस्य विडारीले बताए । अबको निर्वाचनमा पहिलो कम्युनिस्ट पार्टी बनाउन कसैले रोक्न नसक्ने उनले उल्लेख गरे ।

नेकपा माओवादी केन्द्र ईन्द्रसरोवर गाउँपालिकाको अध्यक्ष विर्जु पदम लामाको अध्यक्षतामा सम्पन्न बैठकमा माओवादी केन्द्रका विशेष प्रदेश उपाध्यक्ष प्रकाश चन्द्र पाण्डे, बागमती प्रदेश सदस्य तथा ईन्द्रसरोवर इन्चार्ज ईन्द्रबहादुर श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुर सदस्य जयराम रायमाझी, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य ध्रुवराज ढकाललगायतको आतिथ्यता रहेको थियो ।

माओबादी केन्द्र इन्द्रसरोबर गाउँपालिका सचिब सानुकान्छा वाइवाले संचालन गरेको बैठकले आगामी १२ गते पालिकाको सबै वडाको बैठक बस्ने, पार्टीको गतिबिधिलाई बढाउने निर्णय गरेको इन्चार्ज इन्द्रबहादुर श्रेष्ठले बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*