बजगाईँको ‘श्रमशक्ति ब्यवस्थापन’ पुस्तक हेटौँडामा विमोचन

बाइलाइन नेपाल
७ भाद्र २०७९, मंगलवार १७:३०

हेटौँडा । मकवानपुरका अग्रज पत्रकार तथा लेखक लक्ष्मण बजगाईँद्वारा लिखित ‘श्रमशक्ति ब्यवस्थापन’ पुस्तक हेटौँडामा सार्वजनिक भएको छ ।

न्युज क्लब नेपाल हेटौँडामा मंगलबार भएको कार्यक्रममा पुस्तकको विमोचन भएको हो । कार्यक्रममा बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, साहित्यकार रामचन्द्र आचार्य (फूर्सती), पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमले संयुक्त रुपमा पुस्तक विमोचन गरेका हुन् ।

आफ्नो १६ औँ पुस्तकबारे जानकारी दिँदै लेखक बजगाईँले पुस्तकले श्रम बजार तथा श्रमशक्ति ब्यवस्थापनको बारेमा महत्वपूर्ण विषयलाई उजागर गर्न खोजेको बताए । पुस्तकबारे बोल्दै साहित्यकार फूर्सतीले पुस्तकले नयाँ विषयबारे बहस सुरु गरेको बताए । बजगाईँको पुस्तकबाट स्थानीयदेखि केन्द्रीय सरकासम्मलाई श्रम शक्ति व्यवस्थापनको पाटोमा सहजिकरण गर्न सहयोग पुग्ने बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश सांसद पुलामीले अहिले पुस्तक पढ्ने र किन्ने परम्परा कम हुँदै गएको भन्दै यसो हुनु दुःखको विषय भएको बताए । पुस्तकबाट धेरै विषयको गहन अध्ययन गर्न सकिने भन्दै उनले बजगाईको पुस्तकले श्रमशक्ति ब्यवस्थापनको लागि सरकारी तथा गैरसरकारी निकायलाई सहयोग हुने बताए ।

१०१ पृष्ठको पुस्तक भित्र ३३ विषयमा श्रम शक्ति व्यवस्थापनमा बारे उल्लेख गरिएको छ । पुस्तकलाई आइटि लाईजेसन नेपाल प्रालिका कृष्णप्रसाद कँडेलले प्रकाशनमा ल्याएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*