युक्रेन–रसिया संकटले नेपालमा पार्ने प्रभाव बारे हेटौंडामा छलफल

बाइलाइन नेपाल
७ भाद्र २०७९, मंगलवार १७:००

हेटौंडा । युक्रेन–रसिया संकटले नेपालको खाद्य तथा कृषि क्षेत्रमा पर्ने प्रभाव आँकलन सम्वन्धी बागमती प्रदेश स्तरीय सरोकारवालाहरुसँगको कार्यशाला गोष्ठी मंगलबार हेटौंडामा भएको छ ।

राष्ट्रिय योजना आयोग, बागमती प्रदेश नीति तथा योजना आयोग, बागमती प्रदेश कृषि तथा पशुपंक्षी मन्त्रालय, विश्व खाद्य कार्यक्रम र संयुक्त राष्ट्रसंघीय कृषि तथा खाद्य कार्यक्रमको संयुक्त आयोजनामा गोष्ठी भएको हो ।

बागमती प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव महेश आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्ण राज पन्तको प्रमुख आतिथ्यता रहेको थियो ।

बागमती प्रदेश नीति तथा योजना आयोगका सदस्य प्रल्हाद लामिछानेले स्वागत तथा कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेको कार्यक्रममा बागमती प्रदेश स्तरीय विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा डा. गणेशराज जोशी र डा. रामजीप्रसाद न्यौपानेले सहजीकरण गरेका थिए । कार्यक्रममा सरोकारवाला निकायका प्रमख तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*