माओवादी केन्द्र थाहा नगर कमिटीले पायो पूर्णता

बाइलाइन नेपाल
७ भाद्र २०७९, मंगलवार ०६:३७

थाहा । नेकपा माओवादी केन्द्र थाहा नगरकमिटीले पूर्णता पाएको छ । लामो समयदेखि पदाधिकारी चयनमा सकस भोग्दै आएको थाहा नगरको बिस्तारित बैठकले पदाधिकारी चयनदेखि सदस्य समेत मनोनित गरेको छ ।

बिस्तारित बैठकले थाहा नगर कमिटीको उपाध्यक्षमा सुमन कार्की, प्रमोद गोपाली, नवराज विष्ट, सचिवमा लक्ष्मण विष्ट, कोषाध्यक्षमा मंगलबहादुर मोक्तान चयन गरेको छ ।

त्यस्तै बैठकले नगरकमिटी सदस्यमा १३ जना मनोनित समेत गरेको छ ।

मनोनित हुनेहरुमा मंगलाल गोपाली, राधिका रायमाझी, शिवकुमार खत्री, मोहनकृष्ण गोपाली, इमानसिं थिङ, रुपचन्द्र सापकोटा, अञ्जली बलामी, नरेश घलान, सानोभाई खड्का, राजकुमार केसी, रुपचन्द्र गोपाली, निरन्जन गोले, मदन गोपाली रहेका छन् ।

बैठकलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रकी पोलिटब्यूरो सदस्य तथा मकवानपुर इन्चार्ज कुमारी मोक्तानले देशमा भएको परिवर्तनको मुख्य एजेन्डा माओबादीको भएकोले अबको निर्वाचनमा माओबादीले स्पष्ट बहुमत ल्याउने बताइन् । उनले देशको समग्र बिकासको लागि माओबादीको नेतृत्व आवश्यक रहेको उल्लेख गरिन् । बैठकमा केन्द्रीय सदस्य सन्तोष बिष्टले आगामी निर्वाचनमा केन्द्रित हुन र पार्टीको निर्णय कार्यान्वयन गर्न आग्रह गरे ।

थाहा नगर कमिटी अध्यक्ष बिनोदकुमार लामाको अध्यक्षता भएको बिस्तारित बैठकमा नेकपा माओबादी केन्द्र बागमती प्रदेश कमिटी उपाध्यक्ष प्रेमबहादुर पुलामी, बिशेष प्रदेश उपाध्यक्ष प्रकाश चन्द्र पाण्डे, बागमती प्रदेश सचिवालय सदस्य बिष्णु बिष्ट, प्रदेश कमिटी सदस्य लवशेर बिष्ट, इन्द्रबहादुर श्रेष्ठ, ज्योति रायमाझी, बिर बहादुर घलान, जिल्ला समन्वय समिति सदस्य जयराम रायमाझी लगायतको आतिथ्यता रहेको थियो ।

बैठकले नगर कमिटी लामाले पेश गरेको राजनैतिक आर्थिक प्रतिबेदन अनुमोदन गर्नुका साथै आगामी भाद्र १२ गते थाहा नगरको १२ वटै वडाको बैठक गर्ने निर्णय गरेको नगरकमिटी सचिवब लक्ष्मण बिष्टले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*