विपदसँग लड्न यस्तो छ मकवानपुर प्रशासनको तयारी

बाइलाइन नेपाल
२९ जेष्ठ २०७९, आईतवार ०९:२७

हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले वर्षा समयमा आईपर्ने विपद विरुद्ध लड्न तयारी अवस्थामा रहेको जनाएको छ । बाढी र पहिरोका कारण जिल्लामा समस्या आएमा त्यसविरुद्ध उद्धार, निर्माणलगायतका कामका लागि तिनवटै सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए ।

विपदमा खट्नका लागि नेपाली सेना, शसस्त्र प्रहरी र जनपथ प्रहरीको टोली तयारी अवस्थामा राखिएको उनले बताए ।
तीन वटै सुरक्षा निकायमा २५ जनाका दरले ७५ जनाको टिम तयारी अवस्थामा रहेको र बाढी, पहिरो गर्इहालेमा तत्काल खोज तथा उद्धारका लागि टोली परिचालन हुने प्रजिअ पाण्डेले जानकारी दिए ।

वर्षायामको समयमा पर्न सक्ने विपद्को लागि जिल्ला विपद् व्यावस्थापन समितिको बैठक समेत बसेर यसको तयारीमा रहेको समितिका अध्यक्ष समेत रहेका प्रजिअ पाण्डेले बताए । बैठकमा विपदमा आइपर्ने समस्याका लागि नेपाल रेडक्रस सोसार्इटी, उद्योगी व्यवसायीहरु, सामाजिक संघसंस्थाहरुले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको प्रजिअ पाण्डेले जानकारी दिए ।

जिल्लाको दश वटै स्थानीय तहमा विपद् व्यवस्थापन समिति रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*