वातावरण दिवसमा विरुवा रोप्दै जनप्रतिनिधिलाई सम्मान

बाइलाइन नेपाल
२४ जेष्ठ २०७९, मंगलवार ०७:४८

हेटौंडा । ५० औं विश्व वातावरण दिवसको अवसरमा बस्तिपुर जेसीज हाँडिखोलाले वृक्षरोपण गर्दै निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान गरेको छ ।

मनहरी गाउँपालिका–९ मा रहेको अग्निहोत्राश्रम परिसरमा जेसीजले वृक्षरोपण सँगै बस्तिपुर जेसीजको कार्यक्षेत्र मनहरी गाउँपालिका र हेटौंडा– ३ र १९ का निर्वाचित स्थानीय जनप्रतिनिधिलाई बधाई तथा सम्मान गरेको हो ।

बस्तीपुर जेसीजका वर्ष २०२२ का अध्यक्ष तेजप्रसाद उप्रेती (रमेश) को सभध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि वाग्मती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री दीपेन्द्र श्रेष्ठ रहेका थिए । कार्यक्रममा राप्ती डिभिजन बन कार्यालयले उपलब्ध गराएको विभिन्न प्रजातीका विरुवा आश्रम पसिरमा रोपिएको थियो ।

वृक्षरोपण कार्यक्रमको संयोजकत्व जेसी सन्दीप पठाक र बधाई तथा सम्मान कार्यक्रमको संयोजकत्प जेसी सुमन सुनारले गरेका थिए । कार्यक्रममा मन्त्री श्रेष्ठले जेसीजले सामाजिक क्षेत्रमा गरेको कामको प्रशंसा गर्दै आगामी दिनमा निरन्तर सामाजिक क्षेत्रमा लाग्न आग्रह गरे ।

कार्यक्रममा विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधि, आश्रमका प्रतिनिधि, समाजसेवी तथा जेसीजका नेतृत्व, बस्तिपुर जेसीज हाँडिखोलाका निवर्तमान, पूर्व अध्यक्षलगायतको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*