विश्व वातावरण दिवसमा वनमन्त्री खड्काले रोपे विरुवा

बाइलाइन नेपाल
२२ जेष्ठ २०७९, आईतवार १८:१५

हेटौंडा । नेपालमा ‘दिगो प्रकृतिमैत्री जीवनयापनः पृथ्वीको संरक्षण’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रमको आयोजना गरी विश्व वातावरण दिवस मनाइँदैछ । यस्तै, विश्व वातावरण दिवसको अवसरमा बागमती प्रदेशको राजधानी हेटौंडामा फलफूलको बिरुवा रोपेर दिवस मनाइएको छ ।

बागमती प्रदेशका वन तथा वातावरण मन्त्री विशाल खड्काले हेटौंडा– १५ रातोमाटेमा रहेको हाइटेनसन लाइनको तल रहेको खाली जग्गामा कागती, अम्बा, एभोकाडो, लिच्चीलगायका फलफूलको बिरुवा रोपेका हुन् ।

बिरुवा रोप्दै मन्त्री खड्काले अबको दिनमा दिवस मनाउनको लागि मात्रै नभई हरेक यस्ता हाइटेनसन लाइनको कारण खाली रहेको जग्गामा बिरुवा रोप्ने बताए । उनले भने, “आज मात्रै र मकवानपुरमा मात्रै होइन अब बागमती प्रदेशका सबैजिल्लाहरुमा यसरी लाईनको कारण खाली रहेका जग्गाहरुलाई उपयोग गर्नेगरी फलफूलको बिरुवा रोप्ने अभियान चलाउने छौं ।”

कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय बागमती प्रदेशकी सचिव स्किम श्रेष्ठ, फेकोफनकी केन्द्रीय अध्यक्ष भारती पाठकलगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*