वातावरण दिवसको अवसरमा नवोदयले देखायो नाटक

बाइलाइन नेपाल
२२ जेष्ठ २०७९, आईतवार १७:४८

हेटौंडा । ५० औँ विश्व वातावरण दिवसको दिन हेटौंडा– ४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयमा आइतबार सचेतनामूलक नाटक प्रस्तुत गरेका गरी वातावारण सप्ताह समापन गरेको छ ।

विद्यमान परिवेशमा वातावरण प्रदूषण कसरी भइरहेको छ र यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा विद्यार्थीहरुले नेपथ्यको धुनको सहायतामार्फत साङ्केतिक रुपमा नाटक प्रस्तुत गरेका थिए । विश्व वातावरण दिवसका दिन वातावरण सम्बन्धी नृत्य तथा गीत विद्यार्थीहरुले प्रस्तुत गरेका थिए ।

वातावरण दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रमको आयोजना गरी नवोदय विद्यालयले बस्तीपुर चोक, हटियामा रहेको जनप्रिय उच्च मावि र हेटौंडाको बुद्धचोकमा विविध सांस्कृतिक कार्यक्रम गर्नुको साथै वातावरण सम्बन्धी चित्र बनाएका थिए ।

विश्व वातावरण दिवसको अवसरमा नवोदय विद्यालय कक्षा ४ मा रहेका विद्यार्थीहरुले मानसचोक, सङ्गमचोक, सानोपोखरा र मनकामना चोकमा वातावरण पुलिस कार्यक्रम सञ्चालन भएको थियो भने आइतबार कक्षा ३ का विद्यार्थीहरुले ¥याली निकाल्नुको साथै पशुपति मन्दिर सरसफाई गरेका थिए ।

यसै वातावरण दिवसको अवसरमा भएको मोवाइल फोटोग्राफी प्रतियोगितामा प्रहस्थ खड्का प्रथम, दृष्टि प्रधान द्वितीय र इप्सा लामिछाने तृतीय हुन सफल भएका छन् । प्रतियोगितामा ९६ जना विद्यार्थीले सहभागिता जनाएको थिए ।

नवोदय विद्यालयका सहायक प्रधानाध्यापक दुर्गाप्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखा प्रमुख गंगाधर रिमालको प्रमुख आतिथ्यता रहेको थियो ।

विश्व वातावरण दिवसको अवसरमा हरेक वर्ष नवोदय विद्यालयले विविध कार्यक्रम गर्दै आइरहेको अतिरिक्त क्रियाकलाप विभाग प्रमुख प्रेम क्षेत्रीले जानकारी गराए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*