अडानको केन्द्रीय उपमहासचिवमा हेटौंडाका ढुंगाना

बाइलाइन नेपाल
२२ जेष्ठ २०७९, आईतवार १७:३८

हेटौंडा । नेपाल अडिटर्स एशोसिएसन (अडान) को छैठौं राष्ट्रिय अधिवेशनबाट हेटौंडाका राजेन्द्रप्रसाद ढुंगाना उपमहासचिवमा निर्वाचित भएका छन् । शनिबार भएको अधिवेशनबाट नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

अधिवेशनले अध्यक्षमा केदारनाथ पौडेल, वरिष्ठ उपाध्यक्षमा बद्रीप्रसाद भट्टराई, प्रथम उपाध्यक्षमा डोलप्रसाद दाहाल, द्वितीय उपाध्यक्षमा अब्दुल करिम खान, तृतीय उपाध्यक्षमा झलकमणि लम्साल र महिला उपाध्यक्षमा मिरा श्रेष्ठलाई चयन गरेको छ ।

यसैगरी प्रदेश १ को तर्फबाट उपाध्यक्ष पोषराज नेपाल, मधेश प्रदेशबाट प्रदीपकुमार यादव, उपत्यकाबाट भोलानाथ पाठक, बागमती प्रदेशबाट रामजी अधिकारी, गण्डकीबाट बिलबहादुर भुजेल, लुम्बिनीबाट रमेश केसी, कर्णालीबाट बलराम रेग्मी र सुदुरपश्चिम प्रदेशबाट बहादुरसिंह बिष्ट निर्वाचित हुनुहुन्छ ।

यस्तै महासचिवमा प्रेमबहादुर श्रेष्ठ, उपमहासचिवमा ५ जना, सचिवमा ८ जना र सदस्यहरु समेत ७९ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*