थाहा नगरको पहिलो बैठकः उत्कृष्ट योजना सम्पन्न गर्नेलाई पुरस्कृत

राजकुमार केसी
१७ जेष्ठ २०७९, मंगलवार २१:५९

थाहा । बैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित थाहा नगरपालिका नगर कार्यपालिकाको पहिलो बैठक मंगलबार बसेको छ ।

नवनिर्वाचित नगर प्रमुख बिष्णुबहादुर विष्टको अध्यक्षतामा बसेको बैठकले नगरको बिषयगत समितिको गठनसंगै असार १० गते ११ औं नगर सभा गर्ने निर्णय गरेको छ ।

नगरसभाको लागि वडागत योजना छनौटका लागि जेठ २७ गते वडा भेला गर्ने समेत निर्णय गरेको कार्यपालिका सदस्य तथा ३ नम्बर वडा अध्यक्ष हिरेन्द्रकुमार रायमाझीले बताए।

साथै बैठकले वडागत रुपमा बजेट सिलिङ समेत निर्धारण गरेको छ । बैठकले वडा नम्बर १,२,३,६,९,१० मा १ करोड, ४ र ५ मा १ करोड १० लाख, ७,८,११,१२ मा १ करोड २० लाख रुपैयाँको बजेट सिलिङ निर्धारण गरेको छ ।

नगर कार्यपालिका कार्यालयमा बसेको बैठकले स्थानीय तह निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न गर्ने सहयोग गर्ने सम्पुर्णमा धन्यवाद ज्ञापन गर्ने निर्णय समेत गरेको छ ।

कार्यपालिका बैठकले आव २०७९र०८० मा संचालन हुने योजना मध्ये चाँडो र प्रभावकारी ढंगले सम्पन्न गर्ने वडालाई १५ लाख रुपैयाँ थप रकम पूर्वाधार विकासमा खर्च गर्ने गरि पुरष्कृत गर्ने निर्णय गरेको नगरप्रमुख विष्टले बताए।

प्रमुख विष्टले थाहा नगरपालिकाको सफल कार्यकाल पुरागरि निवर्तमान भएका जनप्रतिनिधिहरुलाई धन्यवाद ज्ञापन गर्ने निर्णय सहित असल अभ्यासको अनुसरण गर्ने निर्णय गरेको जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*