बागमती प्रदेशमा एक विद्यालय, एक नर्स कार्यक्रमलाई निरन्तरता दिइने

बाइलाइन नेपाल
१६ जेष्ठ २०७९, सोमबार १५:४२

बागमती प्रदेश सरकारले प्रदेश भित्रका माध्यमिक तहका विद्यालयहरुमा एक विद्यालय, एक नर्स कार्यक्रमलाई निरन्तरता दिने भएको छ । बागमती प्रदेश प्रदेश प्रमुख यादव चन्द्र शर्माले सरकारका तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्दै एक विद्यालय, एक नर्स कार्यक्रमलाई निरन्तरता दिने बताए ।

त्यस्तै उच्च शिक्षा पढ्नका लागि छोरी–बुहारीलाई छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिने भएको छ भने प्रदेश स्तरीय खेलकुद प्रतियोगिता आयोजना गर्ने र रंगशाला निर्माण गर्ने योजना अघि बढाएको प्रदेश प्रमुख शर्माले बताए ।

त्यसैगरी पशु बिमालाई प्रभावकारी बनाउने र संघ तथा स्थानीय तहको समन्वयमा एक वडा, एक पशु सेवा कार्यालयको स्थापना गरिने उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*