बागमती प्रदेश सरकारले प्रदेश संचार प्राधिकरण स्थापना गर्ने

बाइलाइन नेपाल
१६ जेष्ठ २०७९, सोमबार १५:३७

बागमती प्रदेश सरकारले प्रदेश संचार प्राधिकरण स्थापना गर्ने भएको छ । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले सरकारका तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गर्दै प्रदेशभित्रका संचालनमा रहेका संचार गृहहरूको व्यवस्थित संचालन र विकास विस्तारका लागि प्राधिकरण स्थापना गर्ने बताए ।

प्राधिकरणले संचार गृहको काम कारवाहीको निगरानी  गर्ने उनले बताए । त्यस्तै प्रदेश भित्र संचालित संचार गृहलाई प्रदेशमा नै दर्ता नवीकरण गर्न प्रोत्साहन गर्ने कार्यक्रम ल्याउने उनले बताए ।

प्रदेश भित्र संचालित संचार गृहमा कार्यरत सञ्चारकर्मीहरुको लागि कार्यक्रमहरु ल्याउने उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*