मकवानपुरगढीको अध्यक्षमा एमाले भन्दा काँग्रेस १५७३ मतले अगाडि

बाइलाइन नेपाल
२ जेष्ठ २०७९, सोमबार ०८:२०

हेटौंडा । मकवानपुरगढी गाउँपालिकामा चार वटा वडाको मतगणना सकिएको छ ।

चार वटा वडाको मत गनिसक्दा गाउँपालिका अध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार दोर्जे लामा स्याङतान १५७३ मतले अगाडि रहेका छन् ।

गढी गाउँपालिकाको वडा नम्बर १, २, ७ र ८ को मतगणना सकिदा गाउँपालिका अध्यक्षका उम्मेदवार स्याङतनको ३५७९ मत प्राप्त गरेका छन् ।

यता नेकपा एमालेका तर्फबाट गाउँपालिका अध्यक्षमा उम्मेदवार बिदुर हुमागाईँ २००६ मत प्राप्त गरेका छन् ।

यसैगरी गठबन्धनका तर्फबाट माओवदीकी मानकुमारी नेपालीले पाख्रिनले ३३५६ मत प्राप्त गरेकी छन् । यस्तै एमालेका तर्फबाट सन्तु थिङले १८८२ मत प्राप्त गरेकी छन् ।

अहिले वडा नम्बर ३ को मतगणाना जारी रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*