मकवानपुरगढी २ र ७ मा नेपाली कांग्रेसको प्यानलनै विजयी

बाइलाइन नेपाल
२ जेष्ठ २०७९, सोमबार ०७:४३

हेटौंडा । मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ मा पुनः कांग्रेसका बखानसिं पाख्रिन निर्वाचित भएका छन् ।
२ हजार २८० मत खसेको वडामा पाख्रिनले ११७१ मत प्राप्त गरी उनी सँगै प्यानलनै विजयी भएका छन् ।

उक्त वडामा नेकपा एमालेका वडा अध्यक्ष पदका उम्मेदवारले सन्तबहादुर सिंगारले ५९७, नेकपा माओवादी केन्द्रका जीतबहादुर लोले ३३७ मत प्राप्त गरेका थिए ।

त्यस्तै वडा नम्बर २ बाट गाउँपालिकाको अध्यक्ष पदको गठबन्धनका नेपाली कांग्रेस तर्फका उम्मेदवार दोर्जे लामा स्याङतानलाई १२१८ मत प्राप्त भएको थियो भने एमालेका उम्मेदवार विदुर हुमागाईले ७७४ मत प्राप्त गरेको छन् ।

त्यस्तै उपाध्यक्ष पदमा माओवादी केन्द्रका उम्मेदवार मानकुमारी पाख्रीनले १०४९ र एमालेका उम्मेदवार सन्तु थिङले ६५७ मत प्राप्त गरेका छन् ।

यसैगरी वडा नम्बर ७ मा नेपाली कांग्रेसका सूर्यबहादुर रुम्बा पुनः निर्वाचित भएका छन् । उनले ६७६ मत प्राप्त गर्दै प्यानलनै विजयी भएका हुन् । निकटतम प्रतिद्धन्दी एमालेका उम्मेदवार एकरत्न गोलेले ४१०, माओवादी केन्द्रका उम्मेदवार चन्द्रबहादुर योन्जनले ४०४ मत प्राप्त गरेका छन् ।

७ नम्बर वडाबाट गाउँपालिकाका अध्यक्ष उम्मेदवार दोर्जे लामा स्याङतानलाई ९२९, विदुर हुमागाईलाई ४५२ मत खसेको छ । उपाध्यक्ष पदमा भने मानकुमारी पाख्रीनलाई ९०७ र सन्तु थिङलाई ४३२ मत खसेको छ ।

अहिले वडा नम्बर ३ र ६ को मतगणना जारी रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*