थाहामा काङ्ग्रेसले खाता खोल्यो

राजकुमार केसी
२ जेष्ठ २०७९, सोमबार ०७:३३

थाहा । स्थानीय तह निर्वाचनको जारी मतगणनामा थाहा नगरपालिका वडा नम्बर ६ को नतिजा सार्वजनिक भएको छ ।

निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार वडा नम्बर६ मा नेपाली काङ्ग्रेसका उमेदवार राजेन्द्रभक्त श्रेष्ठ सहित प्यानलनै विजयी भएका छन।

विजयी श्रेष्ठले ११३८ मत सहित बिजयी भएभने उनका प्रतिद्वन्द्वीहरु नेकपा एमालेका मनहरी भट्टले ६४२ तथा माओवादीका ईन्द्र श्रेष्ठले ५१७ मत ल्याएका छन् ।

त्यसैगरी खुल्ला सदस्यमा काङ्ग्रेसका मनोरथ बलामीले ८८८,पुर्णबहादुर घोम्बाले ९५६मत ,महिला सदस्य उर्मिला अधिकारीले १००५ तथा दलित महिला सदस्य कौशिला दर्जिले १०२६ मत ल्याइ विजयी भए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*