ईन्द्रसरोवरमा एमालेका देवकृष्ण पुडासैनी विजयी

बाइलाइन नेपाल
२ जेष्ठ २०७९, सोमबार ०७:२३

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । नेकपा एमाले प्रमुख र उपप्रमुखमा विजयी भएको हो ।

अध्यक्षमा एमालेका देवकृष्ण पुडासैनी, उपप्रमुखमा उमाकुमारी लामाले विजयी भइन् । पुडासैनीले ३ हजार ७२२ मत ल्याए । लामाले ३ हजार ७२५ मत प्राप्त गरिन् ।

अध्यक्षमा कांग्रेसका विश्व लामाले ३ हजार ४ सय ७२ मत ल्याएर पराजित भए । उपप्रमुखमा कांग्रेसकी उमाकुमारी लामाले ३ हजार ६५६ मत ल्याएर पराजित भइन् । अघिल्लो स्थानीय तह निर्वाचनमा पनि यस गाउँपालिकामा नेकपा एमाले विजयी भएको थियो ।

यस गाउँपालिकाको कुल ५ वटा वडामध्ये कांग्रेसले ३ मा विजयी भएको छ । एमालेले दुईवटा वडामा मात्र जीत हात पार्न सफल भयो ।

यसअघि मकवानपुरको भीमफेदी गाउँपालिकामा एमालेकै हिदम लामा अध्यक्षमा विजयी भइसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*