मकवानपुरमा गठबन्धनलाई धक्काः भीमफेदीमा एमालेका हिदम लामा विजयी

बाइलाइन नेपाल
२ जेष्ठ २०७९, सोमबार ०७:०३

मकवानपुरको भीमफेदी गाउँपालिका अध्यक्षमा नेकपा एमालेका हिदम लामा विजयी भएका छन्।

लामाले गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार बद्रिबहादुर स्याङतानलाई पराजित गरेका हुन्। लामा यसअघि पनि अध्यक्ष पदमा विजयी भएका थिए।

भीमफेदीका निर्वाचन अधिकृत रुद्रहरि भण्डारीका अनुसार हिदमले ५५९१ मत ल्याएर जित हात पारेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी स्याङतानले ५२०९ मत प्राप्त गरे।

गाउँपालिका उपाध्यक्षमा भने गठबन्धनमा नेपाली कांग्रेसका उम्मेदवार सन्जीव श्रेष्ठ विजयी भएका छन्। उनले एमालेकी उपाध्यक्ष उम्मेदवार पार्वती रानालाई १६ मतले पराजित गरे।

२०७४ सालको निर्वाचनबाट पार्वती उपाध्यक्ष भएकी थिइन्। सन्जीवले ५३१५ मत प्राप्त गर्दा रानाले ५२९९ मत प्राप्त गरिन्। मतगणना सम्पन्न गर्ने भीमफेदी मकवानपुरकै पहिलो पालिका बनेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*